दर्ता. न‌: २४५/०६५/०६६

बरेङको उदाहरणीय काम ः विद्यालयहरुद्धारा सामाजिक संजालको दुरुपयोग,कहाँ चुके बरेङका विद्यालय?

जीवन सागर, बरेङ । ३१ बैशाख २०७७ । हालै मात्रै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९)का कारण विश्वका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रसाशन तथा विभिन्न खालका समयमानै पुरा गर्नुपर्ने कामकाजहरु पुरा गर्न सक्ने अवस्था छैन । 

विश्वनै यतिवेला लकडाउनको अवस्थामा छ । नेपालमा पनि हरेक स्थानिय तह  र राष्ट्रिय स्तरका गौरवका आयोजना समयमा पुरा गर्न कठिनाई हुने अवस्था रहयो । यस्तो महामारीको वेलामा पनि बरेङ गाउँपालीकाले उदाहरणीय कामहरु गरेर जनतालाई स्थानिय सरकार भएको अनुभुति दिलाएको छ । जनताको मन जित्न सफल भएको जस्तो देखिन्छ । 

कहिले  गाँउपालिकाले आफ्नो वेवसाईट मार्फत बिद्यालयहरुको नतिजा प्रकाशन गरेर त कहिले एसइइको तैयारीमा रहेका र हाल लकडाउनका कारण घर घरमा बसेका बिधार्थीहरुका लागि स्थानिय  सामुदायिक रेडियो विहानीबाट कार्यक्रम एसइइ तैयारी बिषेश संचालन गरेर ।  स्थानियहरुको मन जित्न सफल देखिन्छ । त्यस्तै गाउँपालीकाले गर्भवती तथा सुत्केरी महिलाहरुका लागी पोषण कार्यक्रम शुरु गरेको छ । लकडाउनको यो अवधिमा उनिहरुको पोषणमा कुनै कमी नहोस् भन्ने उद्धेश्यले कार्यक्रम शुरु गरिएको बताएको छ ।

तर सरकारले हरेक सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा संगसंगै विद्यालयको आर्थिक प्रशासनिक तथा हरेक गतिविधीहरु चुस्त दुरुष्त राख्न तथा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नकालागी आइसिटि  शिर्षकमा हरेक वर्ष विद्यालयमा लाखौ लगानी गर्दै आएको पाइन्छ ।

हरेक विद्यालयमा कम्प्युटर, ल्यापटप, इन्टरनेट,प्रिन्टर,प्रोजेक्टर लगाएतका भौतिक सामााग्रि संगसंगै लेखापालका रुपमा एकजना विषय विज्ञ समेत उपलव्ध गराएको छ । त्यस्तै हरेक विद्याालयलाई आइसिटि तालिम समेत हरेक वर्ष स्थानिय तहको शिक्षा शाखाले प्रदान गर्दै आइरहेको अवस्था छ । 

यस्तो अवस्थामा हरेक विद्यालयका आ–आफ्नै वेवसाइट को विकास गरेर विद्यालयका हरेक गतिविधिवारे विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय संग सरोकार राख्ने सवैमा विद्यालयको आधिकारीक सुचना, शिक्षा संग संवन्धीत जानकारी, विद्यालयका प्रसाशनिक गतिविधीहरुबारे जानकारी गराउनुपर्ने हो तर विद्यालयले यो लकडाउनको समयमा पनि विद्यालयका विद्यार्थीको वार्षिक परीक्षाको परिक्षाफल गाउँपालीकाको आधिकारीक बेवसाइट मार्फत प्रकाशन गरेको पाइएको छ ।

संगसंगै विद्यालयले आफ्नै बेवसाइट मार्फत नतिजा सार्वजनिक नगरेर विद्यार्थीको नतिजा शिक्षक तथा प्रधानध्यापकको आधिकारीक फेशवुक पेज मार्फत सार्वजनिक गरेको पाइएको छ । यो सरासर नियम कानुन विपरीत छ । विद्यार्थीको  मनोवलमा आँच आउने गरी विद्यार्थीको गोपनियतामा खलल हुनेगरी विद्यालयहरुले गरेको यो कमजोरी तत्काल सच्याएर अगाडि वढ्नुपर्ने देखिन्छ ।

नेपालको संविधानमा धारा २८ ले समेत व्यक्तिको गोपनियताको ग्यारेन्टी गरेको छ । यसरी सामाजिक सञ्जालमा विद्यालयहरुले आफ्ना विद्यार्थीहरुको नतिजा उनीहरुको इच्छा विपरित राख्नु संविधानको समेत उल्लघंन हो । सरकारको लगानी अनुसार हरेक विद्यालयले आफ्नो छुट्टै आधिकारीक संजालको विकास गरी नतिजा प्रकासन गर्नुपर्ने हो यसरी विद्यालयले विद्यार्थीको मनोविज्ञानमा असर पार्ने गरी यस्ता खालका कार्य गर्नु शिक्षक तथा विद्यालयको प्रशासनको गैर जिम्वेवारीपना हो । 

त्यस्तै बरेङ भित्रका विद्यालयले विभिन्न विषयगत शिक्षकका लागी उपलव्ध गराइएको प्रशिक्षण तथा तालिममा प्रध्यानध्यापकको मात्रै संलग्नता रहेको पाइएको छ । स्थानिय सरकारले विद्यालय तथा विद्यार्थीका लागी विद्यालयको शैक्षिक गतिविधि संचालन तथा गुणस्तर अभिबृद्धि गर्नका लागी  लगानी गर्ने तर विद्यालय प्रसाशनले भने विद्यार्थीको शैक्षिक गुणस्तका निम्ती कुनै पहल नगरेको हो की ? त्यस्तै अधिकाशं विद्यालयले स्थानिय शिक्षकको नियुक्ति गर्दा उसको योग्यताका आधारमा नभई भन सुनका आधारमा नियुक्ति गरेको जन गुनासो समेत बढ्ने गरेको छ । यस्ता खालका गतिविधिले विद्यार्थीको शैक्षिक गुणस्तरमा पक्कैपनि अभिबृद्धि नहुने पक्का छ ।  

अन्त्यमा विद्यालयले गरेको यस्तो खालको गतिविधिले राम्रो अंक ल्याउने विद्यार्थीका लागि राम्रो मानिएला तर प्रयास गरिरहेको विद्यार्थीका लागि यसले राम्रो सन्देश दिदैन । यस्तो मामीलामा बरेङका विद्यालयहरु चुकेका छन आगामी दिनमा यस्तो गम्भीर गल्तीलाई सच्यायर अगाडि बढ्नुको विकल्प छैन ।

« बरेङ ग्यालथुम्कामा हेल्प डेस्क ः ज्वरो परिक्षण पश्चात मात्र बजार प्रबेश । «

» बरेङ गापाद्वारा पत्रकार, स्वास्थ्य तथा सुरक्षाकर्मीको कोरोना बीमा । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal