बरेङ गापाद्वारा पत्रकार, स्वास्थ्य तथा सुरक्षाकर्मीको कोरोना बीमा ।
०७ जेष्ठ २०७७, बरेङ । बागलुङको बरेङ गाउँपालिकाले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका गतिबिधिमा फ्रन्टलाइनमा खटिने पत्रकार, स्वास्थ्य तथा सुरक्षाकर्मीहरुको लागि कोरोना बीमा गरि दिने भएको छ । कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणमा फ्रन्टलाईनमा रहेर खटिनेहरुमा संक्रमणको जोखिम उच्च रहने भन्दै गाँउपालिकाले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाले स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकमी, कर्मचारी र अन्य फ्रन्टलाइनमा काम गर्ने जनप्रतिनिधि गरि करिब १ सय जनाको कोरोना बीमा गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । कोरोना संकटको समयमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, पत्रकार तथा कर्मचारीहरुको आत्मबल बढाउनको लागि गाउँपालिकाले कोरोना बीमा गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई छ ।
गाँउपालिकाले प्रति व्यक्ति ६ सयको प्रिमियम दरले १ लाख बराबरको बीमा गर्न थालेको अध्यक्ष कृष्ण प्रसाद शर्माले रेडियो बिहानीलाई बताए ।
« बरेङको उदाहरणीय काम ः विद्यालयहरुद्धारा सामाजिक संजालको दुरुपयोग,कहाँ चुके बरेङका विद्यालय? «
» बिभिन्न जिल्लामा प्रभावकारी बन्दै बरेङको SEE तयारी रेडियो कार्यक्रम । »







