दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाद्वारा सत्यवतीमा बृक्षारोपण ।

६ श्रावण २०७५, बाटाकाचौर । बागलुङको बरेङ गाउपालिकाले शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पालिका स्थित वडा नं. ३ को बाटाकाचौरमा अबस्थीत श्री सत्यवती मन्दिर परिशरमा बृक्षारोपण गरिएको हो ।

बृक्षारोपण कार्यक्रमलाई बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बृक्षा रोपेर एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको श्री सत्यवती मन्दिरको पर्यटकीय प्रर्बधनका लागि बृक्षारोपण कार्यक्रम गरिएको शर्माको भनाई छ । पर्याबरणिय सन्तुलनमा प्रत्यक स्थानिय तहले योगदान पु¥याउनुपर्ने नेपाल सरकारको निर्देशन अनुसार यसअघि बाताबरण दिबशमा सम्पन्न गर्ने गरि तय गरिएको कार्यक्रम बिबिध कारण बश स्थगित भएको र शनिबार सम्पन्न गरिएको शर्माले बताए ।

बैंश, सिनकाउली, पिपल लगायतका करिब ४ सय बिरुवा रोपिएको उक्त कार्यक्रममा बरेङ गाउपालिकाका प्राय जनप्रतिनिधि र स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

ऐतिहासिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको श्री सत्यवती मन्दिरले बरेङ गाउपालिकाको पर्यटकीय सम्भावनालाई उजागर गरेको छ भने दियाली पुर्णिमाको दिन बिषेश पुजाआजा गरिनुुका साथै देशी तथा बिदेशी भक्तजनहरुको समेत अत्याधिक भिड लाग्ने गर्दछ ।

« कालिग०डकी गापा धुवाँखोला गुल्मीमा घरबास कार्यक्रम सञ्चालन । «

» घाँसमा आत्मनिर्भर बन्दै बरेङ गाँउपालिका, जिल्ला वन कार्यालयको सहकार्यमा बिरुवा बितरण । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal