बिभिन्न जिल्लामा प्रभावकारी बन्दै बरेङको SEE तयारी रेडियो कार्यक्रम ।
७ जेष्ठ २०७७, बरेङ । बागलुङको बरेङ गाँउपालिकाद्वारा उत्पादन भई रेडियो बिहानी ८९ मेगाहर्ज द्वारा प्रसारित रेडियो कार्यक्रम एसईई तयारी बिषेश जिल्लाका बिभिन्न स्थानिय तह सँगै अन्य जिल्लाहरुमा पनि प्रभावकारी बनेको छ । लकडाउनको अवधिमा घरमै बसी बसी एसईईको तयारी लक्षित कार्यक्रम बागलुङ बाहेकका जिल्लाहरुमा पनि प्रभावकारी बनेको हो ।
“रेडियो बिहानीको प्रसारण प्रभावित जिल्लाहरु गुल्मी, रोल्पा, अर्घाखाँची, प्युठान, पाल्पा, पर्वत, स्याङजा, कास्की तथा धदिङ जिल्लाका बिभिन्न बिद्यालयहरुबाट बिद्यार्थी फोन तथा म्यासेज मार्फत नियमित अन्र्तक्रियामा जोडिन्छन् ।” बिज्ञान बिषय शिक्षक प्रस्तोता कृष्ण आचार्यले बताए । यसरि जिज्ञासा तथा प्रश्न लिएर अन्र्तक्रियामा जोडिने सबै क्षेत्रका बिद्यार्थीहरुको अधिकतम प्रश्न तथा जिज्ञासा मेटाउने प्रयास गरिएको शिक्षक आचार्य बताउछन् ।
“रेडियो कार्यक्रम तथा अनलाईन कक्षाहरु मार्फत अध्यान अध्यापन गर्न गराउन कार्यक्रमले शिक्षक बिद्यार्थीहरुलाई अभ्यस्त बनाएको छ ।” अंग्रेजी बिषय शिक्षक तथा अर्का प्रस्तोता ओम बहादुर पुनको भनाई छ । कार्यक्रमले सकरात्मक प्रभाव परेको र अनलाईन कक्षाहरुमा बिश्वास बढाएको शिक्षक पुनले बताएका छन् ।
कार्यक्रम रेडियो बिहानी ८९ मेगाहर्जका साथै सुभेक्षा एफ.एम. ९६.६ मेगाहर्ज कुश्मीसेराले प्रतक्ष तथा अनलाईनहरु मार्फत प्रसारण गरिरहेको छ ।
« बरेङ गापाद्वारा पत्रकार, स्वास्थ्य तथा सुरक्षाकर्मीको कोरोना बीमा । «
» कालिगण्डकी गाँउपालिकाका ५२ जना नेपाल भारत सिमामा अलपत्र ः उद्धारको पर्खाईमा । »







