दर्ता. न‌: २४५/०६५/०६६

कालिगण्डकी गाँउपालिकाका ५२ जना नेपाल भारत सिमामा अलपत्र ः उद्धारको पर्खाईमा ।

दिपेन्द्र परियार, बरेङ । ०८ जेष्ठ २०७७ । गुल्मीको कालीगण्डकी गाँउपालिका बाट रोजगारीको शिलशिलामा भारतको बिभिन्न ठाँउमा गएका ब्यक्ति नेपाल भारत सिमामा अलपत्र परेका छन । भारतबाट नेपाल फर्कने क्रममा उनिहरु सिमामा अलपत्र परेका हुन् ।

रोजगारीको सिलसिलामा भारतका बिभिन्न ठाँउमा रहेका गाँउपालिकाका ५२ जना सिमामा अलपत्र परेका र उनिहरु उद्धारको पर्खाईमा नेपाल भारत सिमाका बिभिन्न नाकामा बसेका कालिगण्डकी गाउपालिकाका अध्यक्ष बेद बहादुर थापा मगरले बताउनुभयो । 

थापाका अनुसार कञ्चनपुरको माहाकाली नगरपालिकामा १२ जना रहेकाछन । त्यस्तै सुनौली नाकामा ४० जना रहेका छन । उनिहरु निरन्तर सम्पर्कमा रहेको र भारतमा उनिहरुको स्वास्थ्य परिक्षण गरिएको र कसैमा पनि कुनै प्रकारको लक्षण नदेखिएको थापाले बताउनु भयो । थापाले भने “हाम्रो सम्पर्कमा ५२ जना छन हामी तत्काल उनिहरुको उद्धार गर्न लागीरहेकाछौ गाडीवला सँग कुराकानी भैरहेको छ गाडीवला मानेका छैनन तैपनि कसरी हुन्छ सुरक्षित साथ हामी छिटो उनिहरुलाई उद्धार गर्छौ ।”

ठुलो सङख्यामा भारतबाट आफ्नो पालिकामा प्रबेश गर्ने भएपछि यतिबेला पालिका उनिहरुको ब्यबस्थापनमा जुटेको अध्यक्ष मगरको भनाई छ । 

हाल कालिगण्डकी गाँउपालिकामा १ सय २० क्षमताको मात्र क्वारेन्टाईन निर्माण भईसकेका छ । प्रबासीहरु थपिने भएपछि तत्काल थप क्वारेन्टाईन निमाण गर्न लागी परेको कालीगण्डकी गाउपालिकाका स्वास्थ्य संयोजक चन्द्र थापाले बताए । थापाका अन्ुसार भारत बाट आउने लाई जुन जुन वडामा आउने हो त्यहि वडामा क्वारेन्टाईन निर्माण गरेर राख्ने योजना बनाईएको छ ।

« बिभिन्न जिल्लामा प्रभावकारी बन्दै बरेङको SEE तयारी रेडियो कार्यक्रम । «

» बरेङका सबै वडा सहित टोल टोलमा सचेतना समिति गठन तथा परिचालन । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal