बरेङका सबै वडा सहित टोल टोलमा सचेतना समिति गठन तथा परिचालन ।
०९ जेष्ठ २०७७, बरेङ । बागलुङको बरेङ गाँउपालिका अन्र्तगत रहेका सबै वडा सहित टोल टोलमा कोरोना रोकथाम समन्वय तथा सचेतना समिति गठन तथा परिचालन भैरहेका छन् । कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणलाई थप प्रभावकारी ढंगबाट अगाडी बढाउन टोल टोलमा समन्वय तथा सचेतना समिति गठन र परिचालन भएका हुन् ।
जनप्रतिनिधि, बि.व्या. स. अध्यक्ष, बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्थानिय आमा समुह तथा क्लबका अध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी तथा समाजसेवी, स्थानिय स्वयंसेविका लगायत सम्मिलित रहि गठित समन्वय तथा सचेतना समितिहरुले कोरोना संबन्धी सचेतना जगाउने, लगत संकलन गर्ने, क्वारेन्टाईन निर्माण गर्ने, नाकाहरुमा स्वयंसेवकहरु खटाई बाहिर बाट प्रबेशमा रोक लगाउने लगायतका कार्यहरु गरिरहेका छन् ।
वडा नं. ५ सुखौरामा सर्बपक्षीय बैठक बसी बिबिध निर्णय तथा कार्यन्वयन भैरहेका छन् । जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य संस्थाका प्रतिनिधिहरु सहित बिभिन्न साबिकका वडाहरुमा कडा निगरानी बढाईएको तथा अबाञ्छित गतिबिधिहरुमा रोक लगाईएको अध्यक्ष अमर बहादुर शेरपुञ्जाले बताएका छन् ।
त्यस्तै वडा नं. ४ सल्यानमा अध्यक्ष लिल बहादुर खत्रीको संयोजकत्वमा १७ सदस्यीय वार्ड समिति गठन गरिएको छ । स्थानिय आमा समुह तथा शिक्षकहरु समेटी ३ वटा छुट्टा छुट्टै टोल समिति गठन तथा परिचालन गरिएको अध्यक्ष खत्रीले बताएका छन् ।
त्यसैगरी वडा नं. ३ बाटाकाचौरमा अध्यक्षको संयोजकत्वमा यस अघिनै २० सदस्यीय वडा समिति गठन भएको थियो । टोल टोलमा पुगेर बिभिन्न टोल समितिहरु गठन गर्ने प्रकृयामा रहेको सदस्य पृथ्वी बहादुर पुनले बताएका छन् ।
त्यस्तै वडा नं. २ हुग्दिशिरमा अध्यक्ष गुप्त प्रसाद काला थापाको संयोजकत्वमा २१ सदस्यीय वडा समिती गठन तथा परिचालन गरिएको छ भने बिभिन्न ठाँउमा टोल समितिहरु गठन तथा परिचालन हुने चरणमा रहेका छन् । बिहिवार बरेङमा सर्बोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक ठगराज शर्माको संयोजकत्वमा ११ सदस्यीय टोल समिती गठन भएको छ भने शुक्रवार सिग्दिमा स्थानिय आमा समुहकी अध्यक्ष टिका पुनको संयोजकत्वमा ७ सदस्यीय टोल समिती गठन तथा परिचालन भएको छ ।
त्यसैगरी वडा नं. १ धुल्लुबाँस्कोटमा अध्यक्ष नरसेङ पुनको संयोजकत्वमा १७ सदस्यीय वडा समिति गठन तथा परिचालन भएका छन् भने वडाका बिभिन्न ठाँउहरुमा टोल समितिहरु गठन तथा परिचालन हुने चरणमा रहेका छन् ।
शुक्रवार सम्म वडा नं. १ मा ४ वटा टोल समितिहरु गठन भैसकेका छन् । जसमा साबिक वडा न. ८ ओख्रेनी टोलमा वार्ड सदस्य छत्रबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय टोल समिति गठन भएको छ । त्यस्तै साबिक वडा नं. ३ लिउवामा तारा प्रसाद पौडेलको संयोजकत्वमा ७ सदस्यीय टोल समिति गठन तथा परिचालन भएको छ भने साबिक वडा नं. १ लुरुङमा शिक्षक थुमराज ढुङगानाको संयोजकत्वमा २१ सदस्यीय टोल समिति गठन तथा परिचालन भएको छ ।
लकडाउनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्दै कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणमा बरेङ गाँउपालिकाले बिभिन्न कार्यक्रम तथा गतिबिधिहरु प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ ।
« कालिगण्डकी गाँउपालिकाका ५२ जना नेपाल भारत सिमामा अलपत्र ः उद्धारको पर्खाईमा । «
» कोरोना त्रासः शव नउठेपछि पालिका अध्यक्षको अगुवाईमा दाह संस्कार »







