दर्ता. न‌: २४५/०६५/०६६

कोरोना त्रासः शव नउठेपछि पालिका अध्यक्षको अगुवाईमा दाह संस्कार

१३ जेठ २०७७ । बरेङ । विश्वभर अहिले कोरोना भाइरसको महामारीले मानिसहरु डर, त्रास र शोकबाट गुज्रिरहेका छन् ।

यसै वेला हामी नेपालीलाई दैनिक शसंकित र त्रसित बनाइरहेको छ । मान्छे रोग लागेर मरे पनि कोरोनाले हो भन्ने र हस्पिटल लगेर लिएर मर्ने हो भने झन कोरोना भाइरसकै कारण भनेर त्रासको बिगबिगी हुने गर्दछ ।

यस्तै भएको छ बरेङ गाउँपालिका वडा नम्बर १ चित्रेमा घटेको एक घटना पनि । चित्रे निवासी सुगर प्रेसर रोगी कविराज आचार्यको मृत्यु भएपछि शव उठाउन गाउँले त्रसित भएको स्थानीय ताराप्रसाद शर्माले बताए । जेष्ठ ७ गते आचार्यलाई घरमा स्वास्थ्य समस्या जटिल भएपछि उहाँका ज्वाइँ र वरपरका दाजुभाइ मिली चितवनको चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो र त्यहाँ लगेपश्चात डाक्टरको सल्लाहले अवस्था अन्तिम हुनाले उपचार नलाग्ने भनेपछि १० गते  एम्बुलेन्स मार्फत घरमा ल्याईएको थियो ।  सोही दिन नै उहाँको मृत्यु भएपछि गाउँलेहरु त्रसित बनेको शर्माले बताए । 

घरमा ल्याएको एक दुई घण्टामा नै उहाँको निधन भयो । मृत्यु हुनाको कारण सहजै भन्न सकिन्छ  कोरोना नभई दीर्घ रोग र बढ्दो उमेर होे । ३÷४ दिनमा नै कोरोना लागेर मृत्यु हने त असम्भव नै थियो । दिनको करिब १२ बजेको समयमा निधन  भएको तर शवलाई ५ः३० बजेसम्म कसैले छुने कोशिस त के टाडैबाट हेर्ने आँट पनि गरेनन् । आचार्यका दुई छोरा रोजगारीको लागि दुवै रहेका छन् ।

शोकको बेलामा कसैले आफन्तलाई सहानुभूति समेत दिएनन् यस्तो अवस्थामा सचेत नागरिकको हैसियतले मानविय व्यवहार देखाउन सकेनन् । उक्त कुरा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले थाहा पाइसकेपछि उहाँको नेतृत्वमा  छिमेकी गाउँ लिउँवाको जनवादी युवा क्लबलाई गुहारेपछि क्लबका ४÷५ जना युवाले मात्र शवलाई अन्तिम संस्कारको लागि घाट लगेका थिए । 

यो डर र त्रास सरकारको अविश्वासको खाडल त्यतिवेला केही मात्रामा पुरिन सक्छ, जतिवेला सरोकारवालाले जिम्मेवारीपूर्वक काम गरिरहेको विश्वास गर्न सक्ने अवस्था आउँछ ।  त्यसैले कोरोना संग डराएर होइन सचेत भएर रोकथाम गर्न लागि पर्नुपर्ने देखिन्छ ।

« बरेङका सबै वडा सहित टोल टोलमा सचेतना समिति गठन तथा परिचालन । «

» भारतबाट उद्धार गरिएकाहरु बरेङ क्वारेन्टाईनमा ः भ्रमपुर्ण टिकाटिप्पणी प्रति खेद »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal