दर्ता. न‌: २४५/०६५/०६६

यस्ता छन् लकडाउन भएयता बरेङ गापाले गरेका कार्य प्रगति ।

१४ जेष्ठ २०७७, बरेङ । बागलुङको बरेङ गाँउपालिकाले २०७६ चैत्र ११ गतेबाट देश लकडाउनको घोषणा भएसँगै हाल सम्म कोरोना संक्रमण रोकथाम, न्युनिकरण तथा व्यवस्थापनमा गरेका प्रयास तथा कार्यप्रगति प्रेस बिज्ञप्ति मार्फत सार्बजनिक गरेको छ । बुधवार एक प्रेस बिज्ञप्ति मार्फत २९ बुदांमा सार्बजनिक गरिएको कार्य प्रगति बिवरण यस्तो छ....  

बरेङ गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

हुग्दिशिर, बागलुङ

गण्डकी प्रदेश, नेपाल

२०७३

प्रेस विज्ञप्ती

नेपाल सरकारले मिति २०७६चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै बरेङ गाउँपालिकाले कोरोना रोग रोकथाम, नियन्त्रण एवं व्यवस्थापन लगायतमा गरेका प्रयास, उपलब्धि एवं कार्य प्रगतिलाई देहाय बमोजिम यसै विज्ञप्ती मार्फत सम्बद्ध सबैको जानकारीका लागि हार्दिक अनुरोध गर्दछौं

उपलब्धी एवं कार्यप्रगति

१. मिति २०७६ चैत्र १० गते वरेङ गाउँपालिकाको आयोजनामा सम्पूर्ण जनप्रतिनिधि र सरोकारवालाहरुको वीचमा एक दिने महामारी नियन्त्रण तथा विपद व्यवस्थापन  सम्वन्धी गोष्ठी सम्पन्न भएको ।

२. मिति २०७६ चैत्र १८ गते गाउंपालिका अध्यक्ष बाट गाउँवासीका नाममा करिव ३० मिनेट कोरोना भाईरस न्यूनिकरण,रोकथाम तथा व्यवस्थापनका विषयमा सामुदायिक रेडियो विहानी ८९ मेगाहर्ज द्वारा प्रत्यक्ष प्रसारण हुने गरी विशेष सम्वोधन गरिएको ।

३. यस पालिकामा १२ स्थानमा २५ बेड क्षमता भएको क्वारेन्टाइनको व्यवस्था भएको थपिएका क्वारेटाइनमा व्यक्ति स्वयम् आफैले परिवारबाट बेडको व्यवस्था गरेको, हालसम्म २४ जना क्वारेन्टाइन सेवा लिएर फिर्ता गरिएको र हाल ३४ जना क्वारेन्टाइन मै रहेको । 

४. भारत लगायत अन्य मुलुकबाट आएका जम्मा टड जनाको आरडिटि र ८ जना को पिसिआर गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ।

५. हरेक दिनको वेलुका ७ वजे गाउंपालिकाको उत्पादन र सामुदायिक रेडियो विहानी संगको सहकार्यमा कोभिड १९ विशेष रेडियो कार्यक्रम संचालन हुँदै आएको । हाल ३० ‌औं शृङखला समेत सम्पन्न भै सकेको ।

६. दैनिक ज्यालादारी,सडक जीवन व्यतित परिवार,गुजारा व्यवसाय र अति सिमान्तकृत गरी परिवारलाई ४ भागमा विभक्त गरेर हाल सम्म २४६ घर परिवारलाई राहत वितरण गरिएको । 

७. समग्र कोरोना रोकथामलाई व्यवस्थित गराउन वडा स्तरीय समन्वय समिति देखि उच्चस्तरीय कोरोना भाईरस रोकथाम समन्वय समिति सम्म विविध संस्थागत सयन्त्रहरु गठन,परिचालन तथा व्यवस्थापन गरिएको छ । 

८. सामुदायिक रेडियो विहानीको प्राविधिक सहयोगमा एस इइ रेडियो तयारी विशेष कार्यक्रम हरेक दिन ४ घण्टा चार विषयमा अध्यापन गराउन कार्य भएको । हाल सम्म घघ ‍औं शृङखला सम्पन्न । 

९. घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य  भै रहेको ।

१०. गर्भवती र सुत्केरी महिलाहरुका लागि पोषण प्याकेजको कार्यारम्भ समेत भै सकेको ।

११. पूर्वाधार विकास अन्तर्गतको योजना करिव ८५ प्रतिशत कार्य सम्पन्न भै सकेको । ठूला आयोजनाको सम्झौता समेत भै कार्यादेश दिई कार्यान्वयनको चरणमा रहेको । 

१२. स्थानीय वजार अनुगमन गरिएको ।

१३. दिर्घ रोगिहरुकोनिःशुल्क औषधि वितरण कार्यारम्भ भएको ।

१४. अत्यावश्यक औषधि तथा आवश्यकीय औषधिकोनप्रवन्ध मिलाईएको । 

१५. स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रवन्ध भएको ९२३ थान पिपिइ १३ थान थर्मल गन,१००० वटा पन्जा, सेनिटाईजर,सर्जिकल मास्क,क्लोरिन पाउडर आदि०

१६. बालकक्षा देखि कक्षा ३ सम्म अतिरिक्त पाठ्यसामाग्रीको छपाईको कार्य गरिवितरणगरिसकेको ।

१७. सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा प्रकासन समेत भै सकेको ।

१८. कोरोना कोषको स्थापना भै उल्लेखनीय रुपमा रकम समेत संकलन भै रहेको ।

१९. खाद्य वैंक  पालिकास्तरीय तथा वडास्तरमा स्थापना भैभन्डारणकार्यशुरुभैसकेको।

२०. सन्देशमूलक सूचना प्रत्येक दिन ८ पटक रेडियो मार्फत प्रत्यक्ष प्रसारण समेत भैरहको । 

२१. क्वारेन्टाइनको स्थापना,संचालन तथा व्यवस्थापन तथा स्वयंमसेवक परिचालन गरिएको ।

२२. महिला स्वास्थ्य सेविका मार्फत स्वास्थ्य चौकी हुँदै स्वास्थ्य शाखाबाट दैनिक प्रतिवेदन गर्ने पद्दतिको सुरुवात भएको ।

२३. आर्थिक वर्ष २०७७र७८ को वार्षिक वजेट, नीति तथा कार्यक्रम तर्जुमा चरण अगाडि बढाईएको । 

२४. वेवसाईट मार्फत प्रकाशन जस्तै कोभिड(१९ विशेष कार्यक्रम अडियो रेकर्ड,नतिजा प्रकाशन,अनलाईन फारम मार्फत कोभिड(१९ सम्वन्धि सम्पूर्ण विवरण संकलन गरिएको । वेवसाईटमा अयखष्म(ज्ञढ mभलग दबच बनाई त्यसभित्र सि मिस कोभिड १९ विशेष कार्यक्रम अडियो र कोभिड १९ सम्वन्धि सूचना तथा जानकारीहरु प्रविष्ट गरिएको।

२५. स्वास्थ्यकर्मी, पत्रकार र फ्रन्टलाइनमा काम गर्ने जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि कोरोना बिमा भईसकेको ।

२६. वडा तथा टोल स्तरमा शिक्षकहरुको संयोजकत्वमा लगत संकलन रिपोर्टिंङ तथा समन्वय समिति क्रियाशील रहेको ।

२७. हेलो अभिभावक शिक्षा कार्यक्रम संचालन गरिएको ९८ सूचकमा आधारित रही०

२८. अपाङ्ग, असाहय नागरिकहरुको लागि राहतको प्याकेजको प्रारम्भ भएको ।

२९. शिक्षकहरुको नेतृत्वमा टोलस्तरीय निगरानी तथा सचेतना समिति गठन भई क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन कार्य गरिरहेको ।

माथि उल्लेखित प्रयास उपलब्धि एवं कार्य प्रगतिको प्राप्तिमा उच्च आत्मबलका साथ सहयोग एवं सद्भासवका लागि सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, शिक्षक एवं आम नागरिकप्रति विशेष धन्यवाद एवं आभार प्रकट गर्दछौं । साथै आगामी दिनमा समेत यस्तो संकटपूर्ण घडीमा गाउँपालिकासँगै रहन र सहयोगको समेत हार्दिक अपिल गर्दछौं।

१। गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा

२। गाउँपालिका उपाध्यक्ष डिल कुमारी पुन

३। प्रमुख प्रशासकीय अधिकृत रमेश थापा

नर बहादुर बि.क.

मिति ः२०७७र०२र१४   प्रबक्ता

« भारतबाट उद्धार गरिएकाहरु बरेङ क्वारेन्टाईनमा ः भ्रमपुर्ण टिकाटिप्पणी प्रति खेद «

» सीमामा अलपत्र ५० जना आज बरेङ भित्रिदै, गाडीभाडा सहित पालिकाद्धारा उद्दार »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal