बरेङमा दादुरा रुबेला खोप अभियान शुरु ।
१५ जेष्ठ २०७७, बरेङ । बरेङ गाउपालिकामा बिहीबार देखि दादुरा रुबेला खोप अभियान सुरु भएको छ । लकडाउनको समयमा सामाजिक दुरी कायम गर्दै बरेङ गाँउपालिका भित्रका ९ महिना देखि ५ बर्ष सम्मका २ सय ४७ बालबालिकाहरुले बिहिवार दादुरा रुबेलाको खोप लिएका छन् ।
पालिका भित्रका सम्पुर्ण वडामा १० वटा अस्थाई खोप केन्द्र निर्माण गरेर खोप अभियान सञ्चलन गरेको बरेङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए । खोप लिने उमेर समुहका सम्पुर्ण बालबालिकाहरु खोप लिनबाट बञ्चीत नहुन भन्ने उद्धेस्यले यहि जेष्ठ २३ गते सम्म खोप अभियान सञ्चालन हुने पुनको भनाई छ ।
खोप अभियानमा बरेङ गाँउपालिकाका स्वास्थ्य संस्थाका सम्पुर्ण स्वास्थ्यकर्मि तथा स्वमं सेबकहरु परिचालन गरिएको पुनले रेडियो बिहानीलाई बताए । बरेङ गाँउपालिका भित्र हाल सम्म दादुरा रुबेला रोग भने देखिएको छैन ।
« सीमामा अलपत्र ५० जना आज बरेङ भित्रिदै, गाडीभाडा सहित पालिकाद्धारा उद्दार «
» राहतको सट्टा रोजगारी सृजना गर्दै कालिगण्डकी गाउँपालिका । »







