राहतको सट्टा रोजगारी सृजना गर्दै कालिगण्डकी गाउँपालिका ।
१७ जेष्ठ २०७७, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले राहतको सट्टा रोजगारीको सृजना गरेको छ । कोरोना संक्रमण प्रभावका कारण जोखिममा परेकाहरुका लागि राहत बितरणको साटो काम गर्ने अबसर दिईएको हो ।
हल गाँउपालिका अन्र्तगत बिभिन्न स्थानमा खानेपानिका ७ वटा योजनाहरु सञ्चालन भैरहेका छन् । तिनै योजनाहरुमा कोरोना प्रभाव बाट जोखिममा परेकाहरुलाई काम गर्ने अबसर दिईएको गाँउपालिले जनाएको छ ।
रेडियो बिहानी सँग कुराकानी गर्दै गाउँपालिकाका अध्यक्ष बेद थापा मगरले उपभोक्ता समिति मार्फत सञ्चालन गरिएका तिनै योजनाहरु मार्फत संबन्धित स्थानका न्युन आय भएकाहरुको लागी काम गर्ने अबसर प्रदान गरिएको बताए । “यसरि काम गरेबापत प्रतिव्यक्ति सरकारी दररेट अनुसार रु. ६८० देखि दक्षता अनुसार १ हजार सम्म पाउँछन्” अध्यक्ष थापाको भनाई छ ।
खानेपानी योजनामा अहिले ५ सय बढीले काम गरिरहेका छन्, छिट्टै कफी तथा सुन्तला सुपर जोनको योजना समेत अगाडी बढाउन थालिएकाले डेढ सय जतिलाई खाल्डो खन्ने रोजगारि दिन सकिने थापाले बताए । बेरोजगार बसेका र काम गर्न ईच्छुकहरुले सिघ्र गाउँपालिकामा सम्पर्क गर्न सक्ने गाँउपालिकाको कार्यलयले जनाएको छ ।







