बरेङ गाउँपालिकालाई ३१ करोड ४१ लाख बजेटको सिमा प्राप्त ।
१७ जेष्ठ २०७७, बरेङ । आ.व.२०७७÷७८ का लागि बरेङ गाउंपालिकामा प्रदेश सरकार र आन्तरिक राजस्व वाहेक नेपाल सरकारबाट अन्तर सरकारी बित्तीय हस्तान्तरण र राजश्व बाँडफाड बाट रू ३१ करोड ४१ लाख ९८ हजार १ सय २८ रूपैंया अनुमानित बजेटको सीमा प्राप्त भएको छ ।
बरेगाउपालिका का प्रमुख प्रशासकिय अधिकृत रमेश थापाका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्र अनुसार प्रदेश र स्थानीय तहलाई जाने विभिन्न ४ शिर्षकका रकमको ३१ करोड ४१ लाख ९८ हजार १ सय २८ रूपैंया बरेङका लागि छुट्याइएको हो ।
अर्थ मन्त्रालयले बाँडफाँड गरेको बजेट अन्तर्गत समानीकरण अनुदान रू ७ करोड ५६ लाख ,सर्शत अनुदान रु १५ करोड ३८ लाख, विशेष अनुदान रु १ करोड २० लाख ,समपूरक अनुदान रु १ करोड ७२ लाख ,राजस्व वाँडफाट रु ५ करोड ५५ लाख ९८ हजार १ सय २८ रुपैया गरि कुल ३१ करोड ४१ लाख ९८ हजार १ सय २८ रूपैंया प्राप्त भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभयो ।
संघीय सरकारले बागलुङलाई ३ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि बागलुङलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ३ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजित गरेको हुन् ।
सरकारले जिल्लाका चार नगरपालिका मध्ये सवैभन्दा धेरै बागलुङ नगरपालिकालाई ६६ करोड ८१ लख रुपैयाँ बजेट विनियोजित गरेको छभने ६ गाउँपालिका मध्ये काठेखोला गाउँपालिकालाई ३९ करोड ९८ लाख रुपैयाँ विनियोजित गरेको छ ।
यस्तै नगरपालिकामा सवैभन्दा कम ढोरपाटन नगरपालिकालाई ३० करोड ४७ लाख रुपैयाँ विनियोजित गरेको छ । गाउँपालिका तर्फ सबैभन्दा कम तमानखोला गाउँपालिकालाई १६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
कुन पालिकालाई कति ?
नगरपालिकाहरु
१. बागलुङ नगरपालिका– ६६ करोड ८१ लाख
२. जैमिनी नगरपालिका– ४७ करोड १० लाख
३. गल्कोट नगरपालिका– ४४ करोड ४६ लाख
४. ढोरपाटन नगरपालिका– ३० करोड ४७ लाख
गाउँपालिकाहरु
१. काठेखोला गाउँपालिका– ३९ करोड ९८ लाख
२. तमानखोला गाउँपालिका– १६ करोड ७१ लाख
३. ताराखोला गाउँपालिका– २१ करोड ८८ लाख
४. निसीखोला गाउँपालिका– २६ करोड ६५ लाख
५. बडिगाड गाउँपालिका– ३८ करोड ६ लाख
६. बरेङ गाउँपालिका– २५ करोड ८६ लाख
« राहतको सट्टा रोजगारी सृजना गर्दै कालिगण्डकी गाउँपालिका । «
» फोक्सिङ्ग घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र »







