दर्ता. न‌: २४५/०६५/०६६

घाँसमा आत्मनिर्भर बन्दै बरेङ गाँउपालिका, जिल्ला वन कार्यालयको सहकार्यमा बिरुवा बितरण ।

दिपेन्द्र परियार, बरेङ । ८ श्रावण २०७५ । बागलुङको बरेङ गाउपालिकाका कृषकहरुलाई उन्नत जातका घाँसका बिरुवा बितरण गरिएको छ । पशुसेवा शाखा कार्यलय बरेङको बार्षिक कार्यक्रम पशु आहारा बिकास अन्र्तगत जिल्ला बन कार्यलय बागलुङको सहकार्यमा बरेङ गाउपालिकाका ५ वटै वडाका कृषकहरुलाई बिरुवा बितरण गरिएको हो ।

पशुसेवा शाखा कार्यलय बरेङका प्रमुख नेत्र प्रसाद शर्माका अनुसार  निमारो, इपिल, राईखनिम, टाँकी, मसला र सिसौ जातका ३२ सय गोटा उन्नत घाँसका बिरुवा कृषकहरुलाई बितरण गरिएको छ ।

शर्माका अनुसार वडा नं. ५ सुखौराका कृषकहरुलाई गुल्मी जिल्लाको शान्तिपुर बजार बाट वडा अध्यक्ष अमर बहादुर शेरपुर्जाको रोहबरमा, वडा नं. ४ सल्यानका कृषकहरुलाई पैञ्युपाटाबाट वडा अध्यक्ष लिल बहादुर खत्रीको रोहबरमा, वडा नं. ३ बाटाकाचौरका कृषकहरुलाई वडा अध्यक्ष पुर्ण बहादुर खनालको रोहबरमा कालिगण्डकी बाख्रा फर्म मार्फत, वडा नं. २ हुग्दिशिरका कृषकहरुलाई गाउपालिकाको कार्यलय सुदला बाट र वडा नं. १ धुल्लुबाँस्कोटका कृषकहरुलाई बरेङ बजार स्थित सेवा कार्यलयबाट बिरुवा बितरण गरिएको छ ।

बिरुवा प्राप्त गरेपछि कृषकहरुले सकरात्मक प्रतिकृया दिएका छन् । लाभान्वित मध्यका एक कृषक वडा नं. १ लिउवाका रामेश्वर आचार्यले घाँसमा आत्मनिर्भर भएपछि बाख्रा पाल्ने सोचमा आफु रहेको बताए । यस्ता खालका कार्यक्रम निकै प्रभावकारि भएको भन्र्दै आगामी बर्षहरुमा पनि कार्यक्रको निरन्तरताको अपेक्षा गरिएको कृषकहरुले बताए ।

कम्तीमा १ मुढि हात खाडल खनेर प्रशस्त मल राखेपछि प्रत्यक दुई मिटरको फरकमा बिरुवा सारेर समय समयमा गोडमेल गर्नुपर्ने सुझाब कार्यलयका प्राबिधिकले कृषकहरुलाई दिएका छन् ।

घाँसमा आत्मनिर्भर भई दुग्ध उत्पादनमा बृद्धि गर्ने उद्धेश्यका साथ उन्नत घाँसका बिरुवा बितरण गरिएको शर्माले बताए । कुल ४५ हजारको लागतमा खरिद गरिएको घाँसका बिरुवा कृषकहरुलाई निशुल्क बितरण गरिएको थियो ।

« बरेङ गाउँपालिकाद्वारा सत्यवतीमा बृक्षारोपण । «

» दलित घरपरिवारलाई बाख्रा बितरण । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal