फोक्सिङ्ग घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
२०७७ जेठ २२, गुल्मी । हरिकुमार केसी । छुवाछुत मुक्त घोषणा दिवसको अवसरमा बुधवार दलित साझा मञ्च कालिगण्डकी गाँउपालिका गुल्मीले बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
कालिगण्डकी गाँउपालिकाको केन्द्र पूर्तिघाट मा सामाजिक दुरि कायम गर्दै सम्पन्न कार्यक्रममा बिभिन्न दलित संघ संगठनका प्रतिनिधीहरु तथा राजनैतिक दलका प्रतिनिधिहरुले पछिल्लो समय कालिगण्डकी गाँउपालिका ५ मा भयको छुवाछुतको घटना तथा रुकुम पश्चिमको हत्या काण्ड लगायतका घटनाका दोषिलाई कडा कारबाहीको माग गरेका छन् ।
देश छुवाछुत मुक्त घोषणा भयपनी ब्यवहारमा लागु हुन नसकेको भन्दै छुवाछुत र जातीय भेदभावका घटनाहरू नहोस् भन्नको लागि यस्ता घटनाहरुका दोषिलाई कुनै पनि हालतमा छुट दिन नहुनेमा जोड दिएका छन ।
कालिगण्डकी गाउँपालिकाका विभिन्न वडाहरुबाट आएका दलित प्रतिनिधिहरुको टोली गाँउपालिका कार्यालय अगाडी पुगेर नाराबाजी गरेको थियो । दलित प्रतिनिधिहरुको टिमले आजै कालिगण्डकी गाँउपालिका उपाध्यक्ष तथा न्याईक समिति अध्यक्ष तारा थापालाई फोक्सिङ्ग घटनाका दोषिलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउन नेपाल दलित बिद्यार्थी संघ प्रदेश नं ५ का सहसंयोजक प्रेमराज परियार,दलित साझा मञ्च कालिगण्डकी गाँउपालिका अध्यक्ष टुक बहादुर शार्कि,दलित मुक्ति मोर्चाका अध्यक्ष टेक बहादुर नेपाली लगायतको टिम गाँउपालिका कार्यालय पुगेको थियो ।
ज्ञापनपत्र बुझ्दै उपाध्यक्ष थापाले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन गाँउपालिका पुर्ण रुपमा प्रतिवद्ध रहेको र नीतिगत तथा व्यवहारिक रुपमै पुर्ण छुवाछुत मुक्त गाँउपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
« बरेङ गाउँपालिकालाई ३१ करोड ४१ लाख बजेटको सिमा प्राप्त । «
» संक्रमित बरेङका ८ जनालाई क्वारेन्टाईनमा अलग गरिंदै, धौलागिरी क्याम्पसको प्रि–आइसोलेसनमा पठाईने । »







