संक्रमित बरेङका ८ जनालाई क्वारेन्टाईनमा अलग गरिंदै, धौलागिरी क्याम्पसको प्रि–आइसोलेसनमा पठाईने ।
२७ जेष्ठ २०७७, बरेङ । कारोना संक्रमण पुष्टि भएका बागलुङको बरेङ गाउँपालिकाका ८ जनालाई तत्काल क्वारेन्टाईनबाट अलग गरिदै छ । सँगै बसेका अरुहरुलाई संक्रमण नफैलियोस भन्दै संक्रमण पुष्टि भएकाहरुलाई अलग गर्न थालिएको हो । यस सँगै संक्रमितहरुलाई धौलागिरी क्याम्पस बागलुङमा रहेको प्रि–आइसोलेसनमा पठाउने तयारी गरिएको गाँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए ।
पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बरेङका २४, २२, १८, २४, १८, ४९, २३, र २७ बर्षका पुरुषमा कोरोना पुष्टी भएको हो । संक्रमण पुष्टि हुनेहरुमा बरेङ गाँउपालिका वडा नं. २ को क्वारेन्टाईनमा रहेका तिन जना, ३ का एक जना र ४ का चार जना रहेका छन् ।
यस्तै निसीखोला गाउँपालिकाका २१, २६ र २७ बर्षका ३ जना पुरुषमा पनि कोरोना पुष्टी भएको छ ।
« फोक्सिङ्ग घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र «
» भारतीय सेनामा कार्यरत श्रीसद्धारा बराहकोट क्षेत्रमा माक्स वितरण »







