भारतीय सेनामा कार्यरत श्रीसद्धारा बराहकोट क्षेत्रमा माक्स वितरण
२७ जेठ २०७७, बरेङ । हाल भारतीय सेनामा कार्यरत बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर (साविक वडा नम्बर ८) निवासी सुवेदार कुलबहादुर श्रीसले बराहकोट बासीहरुलाई माक्स सौजन्य गरेका छन् ।
हुग्दिशिरको पुरुषोदय माध्यमिक विद्यालय सेवा क्षेत्रका साविक वडा नम्बर ५ भेडिखोर, वडा नम्बर ८ खरिबोट, गन्से र बराहकोट तल्लो गाउँका घरपरिवारहरुलाई माक्स वितरण गरिएको हो ।
पुरुषोदय माविका प्रध्यानाध्यापक मनबहादुर श्रीसको संयोजनमा करिब ३३० माक्स वितरण गरिएको छ । हाल महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना संक्रमणको प्रकोपबाट बच्न माक्स अपरिहार्य भैरहेको बेला स्थानीयलाई माक्स वितरण गरिएको बताइएको छ ।
« संक्रमित बरेङका ८ जनालाई क्वारेन्टाईनमा अलग गरिंदै, धौलागिरी क्याम्पसको प्रि–आइसोलेसनमा पठाईने । «







