दर्ता. न‌: २४५/०६५/०६६

मृगौला पिडीत रानाको थप उपचारार्थ आर्थिक सहयोग ।

दिपेन्द्र परियार, बरेङ । ३० जेष्ठ २०७७ । दुबै मृगौला पिडीत बरेङ गाउपालिका वडा न २ डाडाकटेरीका होम बहादुर रानाको थप उपचारार्थ आर्थिक सहयोग जुटेको छ ।

रोजगारिको क्रममा साउदि अरबमा रहेका नेपालिहरुले नगद रु ४५ हजार १ सय २२ रुपैयाँ सहयोग गरेका स्थानिय युवा समाजसेवी टेक बहादुर पुनले बताउनु भयो ।

गल्कोट दुदिलाभाटी भण्डार बन स्थाई घर भएका हाल रोजगारीको सिलसिलामा साउदि अरबमा रहेका पुरन रसाईलीको नेतृत्वमा सो रकम संकलन गरिएको पुनले बताउनु भयो ।संकलीत रकम सुक्रबार बिहान पडितको घरमै गएर हस्तान्तरण गरिएको छ ।

रानाको दुबै मृगौला फेल भएपछि करिब २ ÷३ महिना पहिले देखि बुटवलमा उपचार गराई रहनु भएको थियो । आर्थिक अबस्था कमजोर भएपछि अहिले राना घरमै रहेको र रानाको परिवारमा श्रीमती सहित १ छोरा र १ छोरी गरेर ४ जना रहेका छन । 

« भारतीय सेनामा कार्यरत श्रीसद्धारा बराहकोट क्षेत्रमा माक्स वितरण «

» बरेङका ७७ जनाको श्वाब संकलन, १५ घर फर्के । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal