बरेङका ७७ जनाको श्वाब संकलन, १५ घर फर्के ।
दिपेन्द्र परियार, बरेङ । ३१ जेष्ठ २०७७ । शुक्रबार बरेङ गाउपालिकाका सम्पुर्ण वडाहरुका बिभिन्न क्वारेन्टाईनमा रहेका ७९ नागरिकको आरडिटी परिक्षण र पिसिआर परिक्षणका लागी स्वाब संकलन गरिएको छ ।
यहि जेष्ठ १५ गते देखि २४ गते सम्म क्वारेन्टाईन भित्रीएका मध्ये वडा नं. ५ सुखौराको महेन्द्र माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा रहेका १३ जनको स्वाब संकलन गरिएको छ भने १ जनाको आर डिटि परिक्षण गरिएकोमा रिर्पोट नेगेटिभ आएको छ ।
त्यस्तै बाटाकाचौरको ज्ञानोद्धय आधारभुत बिद्यालयको क्वारेन्टाईनमा रहेका १७ जनाकोे स्वाब संङकलन गरिएको छ भने १ जनाको आरडिटि गरिएको मा रिर्पोट नेगेटिभ आएको छ । त्यस्तै बाटाकाचौरकै जनता प्राथमिक बिद्यालयका २८ जनाको नमुना श्वाब संकलन गरिएको छ । वडा नं. २ हुग्दिशिरको पुरुसोद्धय माबिको क्वारेन्टाईनमा रहेका १२ जना को स्वाब संकलन गरिएको छ भने हुग्दिशिरकै सर्बोदय माध्यमिक बिद्यालयका ७ जनाको नमुना श्वाब संकलन गरिएको छ ।
संकलित नमुना स्वाब शुक्रबार रातिनै पोखरा स्थित पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिष्ठान तर्फ पठाईएको बरेङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए । त्यस्तै शुक्रबारनै १५ जना लाई होम क्वारेन्टाईनमा बस्ने गरि बिदाई गरिएको छ । यस भन्दा अघि पिसिआर रिर्पोट नेगेटिभ आएका १३ जना र आरडिटी परिक्षण नेगेटिभ आएका २ गरी १५ जना घर फर्केका हुन ।
स्वास्थ्य कार्यलय बाग्लुङ, बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले बरेङ गाउँपालिकाका लागी उपलब्ध गराएको आरडिटि र भिटिएम पिसिआर किट उपलब्ध गराएको जानकारी दिदै त्यसले मात्रै अपुगभएको भन्दै गाउँपालिकाले आफ्नै लगानिमा पिसिआर भिटिएम किट १ सय २० थान र आरडिटि किट ४० थान किनेर क्वारेन्टाईनमा रहेका नागरिकको परिक्षण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।







