दर्ता. न‌: २४५/०६५/०६६

कोरोना कहर मान्छेका आफ्नै छन् रहर ।

म शिक्षक

पहिले कम सुनिएका र नसुनिएका शब्दहरु कोरोना भाइरस, लकडाउन, पिसिआर, आरडिटी, आइसोलेसन, क्वारनटाइन, सेनिटाइजर, जस्ता शब्दहरु सुन्न र खबर पढ्नमै भ्याइनभ्याई छ मलाई आजकल । अध्ययन अध्यापनमै वित्ने मेरा दिनहरु आजभोलि अलि फरक ढङ्गले वितिरहेका छन् ।

विहान उठ्ने नित्यकर्म गरी खाना तयार गर्ने, दिनमा पढाउने विषयवस्तु तयार गर्ने, विद्यायलय गएर अध्यापन गराउने, वेलुकी घरमा फर्किने, आफ्नो घरयासी कार्य गर्ने मेरो नियमित दिनचर्या हुन्थ्यो । अहिले फेरिएको दिनचर्यामा दिउ“सो विद्यालयम वित्ने मेरो समय अहिले स्वअध्ययन, टेलिभिजन, मोवाइलको साथमा घरभित्रै सिमित हुन पुगेको छ । 

मैले नजिक बोलाएर बोल्ने मेरा सहकर्मी साथीहरु संग आज म तर्किएर बस्नुपरेको छ । नजानेर सोध्न नजिक आउने विद्यार्थीलाई फोनमा कुरा गरौला भन्नुपरेको छ । माइती नगएको पनि ६ महिना भो आमासंग भिडियो च्याटमा नै भेट गर्नुपरेको छ । मैले लगाएर आएको फर्सि र करेलाको झाल हेर्न मन लागेर भाईलाई मोवाइलमै लाइभ देखाइदेउन भन्नु परेको छ ।  मैले अध्यापन गराउने विद्यालय अहिले क्वारनटाइन स्थल बनेको छ । अहिले नियमित रुपमा विद्यालय चलेको भए पहिलो त्रैमासिकको परीक्षा हुने समय हो । मेरो काम यतिबेला प्रश्नपत्र निर्माण गरी परीक्षा संचालनको तयारीमा वित्थ्यो । आज मेरो देशपनि लकडाउन भएको ८३औं दिनमा छ । म जस्तै शिक्षक शिक्षिकाको अहिलेको परिवेश सायद यस्तै होला ।

आजको अवस्थाले विश्वका मानवजाति लाई आफ्नो घर फर्कन र घरमै बस्न बाध्य पारिदिएको छ, पशुपक्षीहरु बरु खुलायाम घुमिरहेका छन् । यस्तो अवस्था कहिलेसम्म रहने र कस्तो स्थिति आउने हो भन्ने कुरामा समेत द्धिविधा छ । यसको रोकथामका लागि तमाम प्रयास भइरहेतापनि अपेक्षित उपलब्धि अभैmसम्म देखिएको छैन । चिनको वुहानशहरबाट संसार भरी नै फैलिएको कोरोनाभाइरस कोभिड १९ ले विश्वलाई नै बेचैन बनाइदिएको छ । जतिसुकै शक्तिशाली देश, विकसित देश, अल्पविकसित देश, वा भुपरिवेष्ठित देश नै किन नहुन कोरोनाको कहर कायमै छ । एक्काईसौ शताब्दीको यो विज्ञान, प्रविधि तथा मेडिकलको चमत्कार भएको युगमा समेत कोरोना रोकथामको विषयमा ठोस समाधानका उपाय भेटिन सकेको छैन । शिक्षा, स्वास्थ्य, उद्योग वाणिज्य, यातायात, पर्यटन लगायत देशको समग्र अर्थतन्त्रमा नै नकरात्मक प्रभाव पारेको छ । 

शिक्षा क्षेत्रको सन्दर्भमा अहिले विद्यालयतहमा देशभरका सामुदाययिक र निजी लगानीका करिब ३५ हजार ५५ वटा विद्यालयका ७२ लाख १४ हजार विद्यार्थीहरु र उच्च शिक्षा अन्र्तगत विभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका १हजार ४२५ कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरु आज घरमै बस्न बाध्य छन् । एसइईको पर्खाइमा रहेका ४ लाख ८२ हजार ७ सय ७ जनाविद्यार्थीहरुको परिक्षा नहुने भएको छ । त्यस्तै बैशाख ८ र २१ गतेदेखि हुने भनिएको कक्षा ११ र १२ को परीक्षाको अन्तिम तयारीमा रहेका करिब ९ लाख ६२ हजार विद्यार्थीको पर्खाइ समेत अन्यौलतामा नै रहेको छ । यस्तो अवस्थामा विद्यार्थीहरुमा एक प्रकारको मनौवैज्ञानिक पिडा, आक्रोस तथा बेचैनी कायमै छ ।

यसविचमा सामान्य रुपमा अभिभावकले के के गर्न सकिन्छ भन्ने सन्दर्भमा आफ्ना केही सुझाव राख्न चाहन्छु ।

१) आफ्ना बालबालिकाको प्रत्येक दिनको रुटिङ बनाएर विहान र बेलुका अध्ययन गर्ने कार्यमा सहजिकरण गरिदिने ।

२) फोन, म्यासेन्जर, भाइवर बाट आफ्नो विषयगत शिक्षक संग सम्पर्कमा रही नजानेको विषयवस्तु छलफल गर्ने वातावरण मिलाइदिने ।

३)टेलिभिजनमा प्रसारण हुने विभिन्नकक्षा र विषयका कार्यक्रम हेर्ने व्यवस्था मिलाइदिने ।

४)नेपाल सरकार शिक्षाविभागले तयार गरेका पाठ्य सामाग्रीहरु रमाइलो पढाईलगायतका एप्सहरु बाट सिक्न अभिप्रेरित गर्ने ।

५)  दिउंसोको समयमा चित्रकलाको अभ्यास गराउने, नृत्य गर्न लगाउने, गेम खेलाउने

६) समय समयमा टेलिभिजन हेर्ने तथा युट्युबाट जानकारी मुलक सामग्री हेर्ने ।

७) धार्मिक पुस्तक, उपन्यास, जीवनी पढ्ने ।

८) मोवाइल फोनलाई अध्ययन सामाग्रीको रुपमा प्रयोग गराउने ।

(९) प्रत्येक दिन विहान र वेलुकाको समयमा कम्तिमा आधा घण्टा परिवारका सवै सदस्य संगै बसेर योग र ध्यानगर्ने ।

१०) इन्टरनेटको प्रयोग गर्दे विभिन्न अध्ययन सामाग्री खोजी गरी अध्ययन गर्न सिकाउने 

११) साहित्यिक माहौल सिर्जना गर्न गित, कविता, गजल लेख्ने नियमको जानकारी गराउने तथा त्यसको अभ्यास गराउने ।

१२) अन्तारिक्ष, शब्दजाल, पजल, लुडो, बागचाल, क्यारमवोर्ड जस्ता खेलहरु संगै खेलिदिने ।

अन्त्यमा

भनिन्छ, मानिस समय अनुसार चल्नुपर्छ , समय अहिले फरक छ त्यसैले हामी पनि फरक तरिकाले नै चल्नुपर्छ । कोरोनाकहरको यो अवस्थालाई असरको रुपमा नहेरी यसलाई जीवनउपयोगी सीपसिक्ने अवसरको रुपमा लिन सक्नुपर्छ । यरगमा एकपटक आउने यस्तो विषम परिस्थिति संग डराएर आत्तिएर बस्नुको सट्टा साहस र धैर्यका साथ जुध्न सक्नुपर्छ । 

सरकार तथा स्थानिय तहले बनाएका नियमनिर्देशनको पालना गर्ने, सकभर घर बाहिर ननिस्कने, मास्कको प्रयोग गर्ने, बेलाबेलामा सावुनपानीले हातधुने, सेनिटाइजर लगाउने, दैनिक रुपमा योग ध्यानका अभ्यास गर्ने, सकरात्मक भावना राख्ने र यस्तो अवस्था सधैं रहदैन केही समयपछि दैनिकी पहिलाकै अवस्थामा पुग्ने छ भन्ने कुराको आस र विश्वासको साथ सुखद क्षणको प्रतिक्षागर्नु बाहेकको विकल्प यतिवेला हामीसामु छैन ।

शकुन्तला भुर्तेल, जनकल्याण मावि फोक्सिंग गुल्मीे ।

३२ जेठ २०७७ ।

« बरेङका ७७ जनाको श्वाब संकलन, १५ घर फर्के । «

» बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १७५ जनालाई रोजगार »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal