बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १७५ जनालाई रोजगार
२ असार २०७७, बरेङ । बागलुङको बरेङ गाउँपालिकाले पालिका भित्रका बेरोजगार ्व्य्िरक्तहरुलाई रोजगार दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पालिकाका ५ वटा वडामा १७५ जनाले रोजगार पाएका छन् ।
बरेङ गाउँपालिकाका ५ वटा वडाका ४२० सुचिकृत बेरोजगारहरु मध्ये क्रमिक रुपमा रोजगार पाउने व्यवस्था भएअनुसार अहिले १७५ जनाले रोजगार पाएका हुन बाँकीले पुनः क्रमिक रुपमा पाउने छन् ।
पालिकाभित्र पदमार्ग, खानेपानी मर्मत, सिचाई कुलो,स्वास्थ्य सरसफाइ, तटबन्धन, आलु भण्डारणका लागि काम गरिराखेको पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बरेङ गाउँपालिकाले १७ वटा योजनालाई ७५ लाख रकम माग गरेअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बरेङ गाउँपालिकाका लागि १२ योजना छनोट गरेको थियो । जसका लागि १७ लाख ९३ हजार रकम रहेको छुट्टिएको थियो । रकमको ७० प्रतिशत रकम ज्याला गर्नेले पाउने प्रावधान छ भने बाँकी ३० प्रतिशत रकम निर्माण सामाग्री खरिद, कामका लागि आवश्यक हाते औजार, श्रमिकका लागि कार्यस्थल सुरक्षा सामाग्री खरिद र कन्टिन्जेन्सी खर्चका लागि प्रयोग हुने रोजगार नियमावलीमा व्यवस्था रहेको बरेङ गाउँपालिका रोजगार सेवा केन्द्रले जानकारी दिएको छ ।
गरिबी तथा जोखिममा रहेका विभिन्न समुदाय र सीमान्तकृत वर्गलाई प्रत्यक्ष रुपमा लाभ दिने, उच्च तथा दीगो आर्थिक प्रतिफल प्राप्त हुने किसिमका भौतिक पूर्वाधार निर्माण हुने,्बढी भन्दा बढी जनसंख्यालाई लाभ पुग्ने, स्थानीय समुदायको सामाजिक र आर्थिक उन्नतिमा प्रत्यक्ष सहयोग पुग्ने, वातावरण संरक्षण र विपद व्यवस्थापन गर्न योगदान प्¥याउने आयोजना छनौट हुनुपर्ने प्रावधान छ सोही अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सोही कार्यक्रमबाट परेका १२ योजना मध्येबाट बरेङ गाउँपालिकाले प्राथमिकताका आधारमा ८ वटा योजना छनोटमा परेका हुन् ।
हिले तल्लाथोक खानोपानी मर्मत सुधारका लागि १ लाख ५० हजार, फपरेम देखि पोखराचौर बजनीकुवा पदमार्गका लागि ५० हजार, स्यालाकुलो मर्मत तथा तटबन्धन निर्माणकमा लागि १ लाख, ठूलाखर्क खिरकटेरी सत्यवती मन्दिर जाने पदमार्गका लागि ५० हजार, चित्रे देखि जिमिरेसम्मको कुलो सिचाईका लागि १ लाख, गोइम देखि ठुलडाडा चौकी जाने पदमार्गका लागि १ लाख, आलु भण्डारण स्टोरका लागि २ लाख बजेट विनियोजन गरेपछि हाल सोही अनुसार काम भैरहेको पालिकाले बताएको छ ।
आर्थिक वर्ष २०७७÷०७८का लागि समेत बरोजगारको प्रत्येक वडामा नामावली तयारी अवस्थामा रहेको छ लागू हुना साथ क्रमिक रुपमा काममा खटाइने बताइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार व्यक्तिहरुलाई रोजगारको सिर्जना गर्ने वातावरण मिलाएपछि स्थानीय तहहरुलाई सहजता भएको र निम्न आर्थिक अवस्था भएका, अपाङ्गता, एकल महिला वा पुरुषहरुले रोजगार पाएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।







