बरेङका थप २३ जनाको श्वाब संकलन ।
दिपेन्द्र परियार, बरेङ । ०२ आषाढ २०७७ । बरेङ गाउँपालिकाका बिभिन्न वडाका क्वारेन्टाईनमा रहेका थप नागरिकहरुको स्वाब संकलन गरिएको छ ।
क्वारेन्टाईनमा रहेका मध्ये सोमबार २३ जनाको नमुना स्वाब संकलन गरिएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए । नमुना स्वाब संकलन गरिएका मध्ये वडा न ४ सल्यानका ५ जना वडा न ३ बाटाकाचौर स्थीत जनता प्राबिका ४ जना वडा न २ हुग्दीसीर स्थित श्रीजना प्राबिका ५ जनाको स्वाब परिक्षणका लागी नमुना लिईएको हो । साथै वडा न २ का भारत बाट आएका प्यारालाईसिस भएर घरमै एकान्त बासमा बसेका १ जनाको घरमै पुगेर स्वाब नमुना लिईएको छ ।
त्यस्तै वडा न १ धुल्लुबास्कोटको पञ्चरत्न प्राबिका ८ जना गरि २३ जनाको स्वाब नमुना लिईएको छ ।
त्यस्तै नेपाल भित्र बाट आएर होम क्वारेन्टाईनमा बसेका १ जनाको आर डि टि परिक्षण गरिएकोमा रिर्पोट नेगेटिभ आएको पुनले रेडियो बिहानीलाई बताए ।
« बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १७५ जनालाई रोजगार «
» शिक्षकहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउन शिक्षा शाखाको अनुरोध »







