शिक्षकहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउन शिक्षा शाखाको अनुरोध
३ जेठ २०७७, हुग्दिशिर । बरेङ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बरेङ गाउँपालिका भित्रका शिक्षकहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउन अनुरोध गरेको छ ।
विश्वव्यापी महामारीको कारण शिक्षा क्षेत्रमा क्षति पुगको हुनाले धेरैजसो विद्यालयमा क्वारेन्टिन स्थापना भएको छ त्यसैले तत्काल विद्यालय सञ्चालन गरि शिक्षण सिकाइ कार्य अगाडि बढाउने अवस्था नभएकाले यस्तो विषम परिस्थितिमा विद्यार्थीहरुलाई टोल टोलमा पुगी सिकाइमा सहजीकरण गर्नुको विकल्प नभएको हुँदा विद्यालय बाहिर रहेका सम्पूर्ण शिक्षकहरुलाई उच्च सर्तकता अपनाई विद्यालय आउने वातावरण सिर्जना गरि भावि योजना निर्माण र शैक्षिक गतिविधिमा संलग्न गराउन पालिकाभित्रका सबै विद्यालयको प्रशासनलाई अनुरोध गरिएको शिक्षा अधिकृत सुर्यप्रसाद शर्माले बताए ।
त्यस्तै रेडियो बिहानी ८९ मेघाहर्ज बरेङ बागलुङ, एन टिभि, डिस होम,नेट टिभि, म्याक्स टिभि, रेडियो नेपालबाट कक्षा १ देखि १० सम्मका विषयगत पाठहरु प्रसारण भएको हुनाले विद्यार्थी तथा अभिभावकलाई लाभ लिनको लागि सूचित गरि निरन्तर रुपमा अनुगमन कार्य गर्नुहुन समेत शिक्षा तथा खेलकुद शाखाले जानकारी गराएको छ । रेडियो तथा टिभिबाट सञ्चालन हुने पढाईको सम्पूर्ण समय तालिकाको विवरण यसअघि नै सार्वजनिक भएको अधिकृत शर्माले बताए ।
शिक्षकहरुले पनि टोलटोलमा गई सामाजिक दुरी कायम गर्दै पाठ्यपुस्तक वितरण र उच्च संयमितका साथ नै छात्रवृत्ति वितरण गरेको बताइएको छ ।
« बरेङका थप २३ जनाको श्वाब संकलन । «
» बरेङमा आ.व. ०७७÷०७८ का लागि करिब ३५ करोड बजेट पारित, असार ५ को गाउँसभामा पेश गरिने »







