बरेङमा आ.व. ०७७÷०७८ का लागि करिब ३५ करोड बजेट पारित, असार ५ को गाउँसभामा पेश गरिने
३ जेठ २०७७ । हुग्दिशिर । बरेङ गाउँकार्यपालिकाको ३९ आँै बैठकले करिब ३५ करोड बराबरको बजेट पारित गरेको छ ।
बैठकले आगामी आर्थिक वर्ष ७७÷०७८ को लागि यही असार ५ गतेको छैठौँ गाउँसभामा पेश गर्ने गरि ३५ करोड रकम बराबरको बजेट नीति तथा कार्यक्रम पारित गरेको हो ।
मुख्य गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै, विपद तथा व्यवस्थापन कोषमा उल्लेख्य वृद्धि गर्दै कोरोना रोकथाम कोषमा करिब ५० लाख भन्दा बढी रकम राखिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । थापाले ”चालु खर्च व्यापक कटौती भएको र कृषि तर्फ साना कृषकहरुलाई विशेष समेटेको जानकारी दिनुभयो ।
विदेशबाट फर्केका युवाहरुको लागि र बाँझो जग्गामा खेती गर्ने, साझेदारी गर्ने कार्यक्रमलाई महत्व दिदैँ एक घर एक महिला रोजगार कार्यक्रम लागू गरिने आज(बुधबार)को बैठकले निर्णय गरेको छ ।
« शिक्षकहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउन शिक्षा शाखाको अनुरोध «







