दलित घरपरिवारलाई बाख्रा बितरण ।
दिपेन्द्र परियार । ११ श्रावण २०७५ । सुखौराका दलित घरपरिवारलाई उन्नत जातका बाख्रा बितरण गरिएको छ । बरेङ गाउपालिका दलित बर्ग उत्थान समितिले गाँउपालिकाको वडा नं. ५ सुखौराका एकल महिला, अपाङग तथा गरिब १३ दलित घरपरिवारलाई बाख्रा बितरण गरेको हो ।
बरेङ गाउपालिका दलित बर्ग उत्थान समितिका संयोजक देव बहादुर सुनार र वडा नं. ५ का अध्यक्ष अम्मर बहादुर शेरपुञ्जा सहित सुखौराका सम्पुर्ण जनप्रतिनिधिहरुले ८० हजार रुपैया बराबरका कालिपारे लामकाने जातका १३ वटा बाख्रा बिहिबार बितरण गरेका थिए ।
लभान्वीत परिवारले आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै उन्नत बाख्रा पालनले आफुहरुको जिबिका पार्जनमा सहजता आउन सक्ने प्रतिकृया दिएका छन् भने प्रत्यक २/२ महिनामा बाख्रा पालनको अनुगमन गरिने संयोजक सुनारले रेडियो बिहानीलाई बताए ।
« घाँसमा आत्मनिर्भर बन्दै बरेङ गाँउपालिका, जिल्ला वन कार्यालयको सहकार्यमा बिरुवा बितरण । «