कालिगण्डकी गाँउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि ।
दिपेन्द्र परियार, गुल्मी । ०४ आषाढ २०७७ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा बिहिबार प्रथम पटक १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । गाउपालिकाको वडा नं. १ हर्मिचौर स्थित हर्मिचौर माबिको क्वारेन्टाईनमा रहेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको कालिगण्डकी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र बहादुर थापाल बताए ।
यस अघि कालीगण्डकी गाँउपालिकाक बिभिन्न क्वारेन्टाईनमा रहेका १ सय १५ जनाको आर डि टि परिक्षण गरिएकोमा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आरडिटि पोजेटिभ देखिएका ६ र अन्य ४ सहित कुल १० जनाको पिसिआर परिक्षणका लागी नमुना स्वाब संकलन गरेर पठाएकोमा ८ जनाको रिर्पोट आएको मध्ये १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी भएका ब्यक्ति लाई रेसुङगा नगरपालिका गुल्मीको आईसोलेसनमा लैजाने तयारी गरेपानि बेडको अभाब रहेको भन्दै बिरामी लान नमानेको साथै गुल्मीका अन्य पालिकाले पनि बिरामी लिन नमानेको भन्दै संक्रमीत लाई पालिकाकै कुनै सुरक्षित स्थानमा प्रि आईसोलेसन निर्माण गरेर राख्ने तयारी गरिएको छ ।
अन्य २ जनाको रिर्पोट आउन बाकि रहेको थापाले रेडियो बिहानीलाई बताए । हाल कालिगण्डकी गाउपालिकाका बिभिन्न क्वारेन्टाईनमा ६० जना रहेका छन ।
« बरेङमा आ.व. ०७७÷०७८ का लागि करिब ३५ करोड बजेट पारित, असार ५ को गाउँसभामा पेश गरिने «







