बरेङ गाउँपालिकाको छैठाँै गाउँसभाको तयारी पुरा ।
बिहानी संवाददाता, हुग्दिशिर । २०७७ असार ४ । बरेङ गाउँपालिकाको छैठौँ गाउँसभाको तयारी पुरा भएको छ ।
सबै विषयगत समितिका बैठक, विभिन्न शाखाका कार्यक्रम, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, प्राध्यापक, समाजसेवी, बुद्धिजीविसंगको छलफल पश्चात गाउँकार्यपालिकाको ३९ आँै बैठकले छैठौँ गाउँसभाका लागि करिब ३५ करोड बराबरको रकम, नीति तथा कार्यक्रम पारित गरेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
गाउँसभाका सचिव पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले स्थानीय तहको गाउँसभा संचालन सम्बन्धी कार्यविधि बमोजिम गाउँसभाको काम अगाडि बढन,े गाउँसभाको औपचारिक सुरुवात हुनुपूर्व आर्थिक वर्ष ०७५÷७६ मा उच्च कार्य सम्पादन गर्ने राष्ट्रसेवक कर्माचारीलाई सम्मान गर्ने बताउनुभयो । छैठाँै गाउँसभाको शुक्रबार हुने पहिलो बैठकमा नीति तथा कार्यक्रम,शोक प्रस्ताव र सोही दिनकै दोस्रो बैठकमा पालिकाकी उपाध्यक्ष दिलकुमारी पुनबाट बजेट योजना तथा कार्यक्रम पेश हुने अधिकृत थापाले बताउनुभयो ।
गाउँसभामा राष्ट्रसेवक कर्मचारीलाई सम्मानका लागि बागलुङ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङगानाको उपस्थिति हुने पालिकाले बताएको छ ।
« कालिगण्डकी गाँउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि । «
» बरेङ गापाको छैठौं गाउँसभा उद्घाटनः बजेट, निति तथा कायक्रम पेश हुदैं । »







