बरेङ गापाको छैठौं गाउँसभा उद्घाटनः बजेट, निति तथा कायक्रम पेश हुदैं ।
०५ आषाढ २०७७, सुदला । बरेङ गाँउपालिकाको छैठौं गाउँसभाको उद्घाटन भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले सभाको उद्घाटन गरेका हुन् ।
उद्घाटन मन्तब्यमा बोल्दै प्रमुख ढुङगानाले बरेङ गाँउपालिकाले बिषम परिस्थितिहरुमा पनि उदाहरणिय काम गर्दै आएकाले यसलाई निरन्तरता दिईनुपर्ने बताए । अनाबश्यक खिचातानीमा समय खेर फल्नुभन्दा सबैले मिलेर काम गर्नुपर्नेमा ढुङगानाले सुझाए ।
कार्यक्रममा अहिले अध्यक्ष कृष्ण प्रसाद शर्माले रु ३५ करोड बराबरको बजेट, निति तथा कार्यक्रम पेश गरिरहेका छन् । निति तथा कार्यक्रम माथि अब छलफल हुने कार्यक्रम रहेको छ ।







