दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गापाको बजेट, निति तथा कायक्रम सर्बसम्मतीमा पारित ।

०५ आषाढ २०७७, सुदला । आ.ब.२०७७÷०७८ का लागी बरेङ गाउँपालिकाको बजेट, निति तथा कायक्रम सर्बसम्मतीमा पारित भएको छ । आज आयोजित गाँउपालिकाको छैठौं गाउँसभा सदस्यहरुको सर्बसम्मतीले बजेट, निति तथा कायक्रम पास गरेको हो ।

कार्यक्रममा अध्यक्ष कृष्ण प्रसाद शर्माले रु ३५ करोड बराबरको बजेट, निति तथा कार्यक्रम पेश गरेका थिए । पेश भए पछि निति तथा कार्यक्रम माथि छलफल भएको थियो भने छलफल पश्चात अध्यक्ष शर्माले निर्णयार्थ पेश गरेको प्रस्ताव सर्बसम्मतीले पास भएको थियो  ।

मुख्य गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै,  विपद तथा व्यवस्थापन कोषमा उल्लेख्य वृद्धि गर्दै कोरोना रोकथाम कोषमा करिब ५० लाख भन्दा बढी रकम राखिने बजेट निति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै चालु खर्चमा व्यापक कटौती भएको र कृषि तर्फ साना कृषकहरुलाई विशेष समेटिएको तथा विदेशबाट फर्केका युवाहरुको लागि र बाँझो जग्गामा खेती गर्ने, साझेदारी गर्ने कार्यक्रमलाई महत्व दिदैँ एक घर एक महिला रोजगार कार्यक्रम आज प्रस्तुत बजेट निति तथा कार्यक्रमले अगाडी सारेको छ ।

« बरेङ गापाको छैठौं गाउँसभा उद्घाटनः बजेट, निति तथा कायक्रम पेश हुदैं । «

» बरेङः आईसोलेसनमा रहेका २ तथा क्वारेन्टिनका ५७ जनाको रिर्पोट नेगेटिभ । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal