बरेङः आईसोलेसनमा रहेका २ तथा क्वारेन्टिनका ५७ जनाको रिर्पोट नेगेटिभ ।
०९ आषाढ २०७७, बरेङ । कोरोना संक्रमण पुष्टि भएपछि हाल धौलागिरी क्याम्पस बागलुङको प्रि–आइसोलेसनमा रहेका बरेङ गाउँपालिकाका ८ जना मध्य २ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ६ को रिर्पोट आउन बाँकी रहेको छ । आइसोलेसनमा रहेका उनिहरुको दोस्रो पिसिआर परिक्षण रिर्पोट यस्तो आएको हो ।
यस्तै बरेङका बिभिन्न क्वारेन्टिनमा रहेका ५७ जनाको पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएको छ । यसअघि परिक्षणका लागी स्वाब पठाईएका ७७ मध्य ५७ परिक्षण भएकोमा सबैको रिर्पोट नेगेटिभ आएको हो । रिर्पोट आएका ५७ मध्य वडा नं. १ का चार जना, वडा नं. २ का एघार जना, वडा नं. ३ का पच्चिस जना, वडा नं. ४ का एघार जना र वडा नं. ५ का ६ जना रहेका छन् ।
नेगेटिभ रिर्पोट आएका प्रि–आइसोलेसनमा रहेका २ को उद्धार तथा क्वारेन्टिनका ५७ जनालाई बिदाई गर्ने तयारिमा रहेको बरेङ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए । क्वारेन्टिनमा रहेका ७७ मध्यका २० र २६ गरि ४६ र प्रि–आइसोलेसनमा रहेका ६ जनाको दोस्रो पिसिआर परिक्षण रिर्पोट भने आउन बाँकी रहेको छ ।







