होम क्वारेन्टिन फर्केकालाई संक्रमण पुष्टि, सल्यानको सिंगो गाँउ तनाबमा ।
१० आषाढ २०७७, बरेङ । रिर्पोट नेगेटिभ भनेर होम क्वारेन्टि फर्किएका बरेङ गाउँपालिका वडा नं. ४ सल्यानका एक जनामा पुन कोरोना संक्रमण पुष्टि भएपछि सल्यानको सिंगो गाँउनै तनाबमा रहेको छ । सोमबारको रिर्पोटमा नेगेटिभ आएको भनिएका र मंगलबार बिदाई भएर होम क्वारेन्टाईन पठाईएका एक जनामा बुधवार पुन कोरोना संक्रमणको पुष्टि भएको खबर आएपछि सल्यानामा तनाब भएको हो ।
सल्यानका वडाअध्यक्ष लिल बहादुर खत्रीका अनुसार संक्रमण पुष्टि भएकालाई बागलुङ सदरमुकामको बाङगेचौर स्थित प्रि आईसोलेशन पठाईएको छ भने अहिले सल्यानका घर तथा सिङगो वडानै सिल गर्ने तयारी रहेको छ ।
यसैबिच बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले ‘एउटै व्यक्तिको दुई फरक रिर्पोट कसरि ? भन्ने प्रश्नमा रिर्पोटले आफु समेत आश्चार्यमा परेको बताए । “पहिलो दिन नेगेटिभ भनेर होम क्वारेन्टिन पाठायौं तर अर्को दिन पोजेटिभ भनेर खबर आयो” दुबै रिर्पोटको प्रमाण आफुसँग रहेको भन्दै यो प्रयोगशालाको चरम लापरबाही तथा कमजोरी रहेको पुनले बताए । साथै संयमित भएर धैर्यताका साथ बसिदिन समेत सल्यान बासीहरुलाई पुनले आग्रह गरे ।
« बरेङ ः ७७ मध्य ६५ परिक्षण, ८ पोजेटिभ । «
» बरेङ गापाद्वारा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार । »







