बरेङ गापाद्वारा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार ।
१२ आषाढ २०७७, बरेङ । बरेङ गाउँपालिका वडा नं. २ की एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । वडाको बराहकोट स्थित सुत्केरी बर्ष १९ की तिर्सना श्रीसलाई अत्याधिक रक्त श्राव भएपछि बरेङ गाउँपालिका द्वारा उद्धार गरिएको हो ।
बिहिवार साँझ ७.०० बजे हुग्दिशिर स्वास्थ्य चौकीमा नर्मल सुत्केरी भएकी श्रीसलाई राति ९ बजे डिस्चार्ज गर्ने तयारी भएको तर रक्त श्राव शुरु भएपछि स्वास्थ्य चैकीमै राखिएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुन बताउछन् ।
बिहान सम्म पनि रक्तश्राव नरोकिए पश्चात गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय सँगको समन्वयमा हेलिकप्टर मार्फत शुक्रबार बिहान साढे ९ बजे गण्डकी प्रादेशिक अस्पताल पोखरा पठाईएको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
हाल बच्चाको अवस्था भने सामान्य रहेको छ ।
« होम क्वारेन्टिन फर्केकालाई संक्रमण पुष्टि, सल्यानको सिंगो गाँउ तनाबमा । «







