दर्ता. न‌: २४५/०६५/०६६

संघर्ष युवा क्लव हिले गुल्मीको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न,, अध्यक्षमा पुन सर्बसम्मत ।

प्रेम पुन, हिले । १२ श्रावण २०७५ । संघर्ष युवा क्लव हिले गुल्मीको चौथो साधारण सभा तथा तेस्रो अबिधेशन सम्पन्न भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउपालिका वडा नं. ७ हिलेमा रहेको संघर्ष युवा क्लवको साधारण सभा तथा अबिधेशन शनिबार सम्पन्न भएको हो ।

सभाले लेखान्त पुनको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिको अन्य पदाधिकारिहरुमा उपाध्यक्षमा राजु थापा, सचिबमा राहुल पुन, सहसचिबमा शिशिर गिरी, कोषाध्यक्षमा लक्ष्मी कुमारि क्षेत्री र सदस्यहरुमा आशा थापा, मदन पुन र ईन्द्र बहादुर थापालाई सर्बसम्मत चयन गरेको छ ।

कार्यक्रममा गत सत्यवती मेलामा होटेल व्यवस्थापनमा खट्नु भएका पदम थापा, मने गिरि, बाबुराम गिरि, रमु थापा र रेशम गिरिलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने उपस्थित सम्पुर्ण अतिथिहरुलाई खिर खुवाएर सम्मान गरिएको थियो ।

कार्यक्रम क्लबका संस्थापक अध्यक्ष लेखान्त पुनको अध्यक्षता र नब निर्बाचित सचिब राहुल पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

सामाजिक परिबर्तनका लागि युवा क्रियाशिलता मुख्य नारा तय गरेको क्लबले बार्षिक रुपमा खेलकुद लगायतका बिबिध कार्यक्रम गर्दै आएको छ भने त्यहाँ रहेको प्रशिद्ध हिले सत्यवती मन्दिरको संरक्षण तथा प्रर्बद्धन गर्दै आईरहेको छ ।

« दलित घरपरिवारलाई बाख्रा बितरण । «

» केशबलाई यसरी पो मन परेछ ! »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal