जिसस उप–प्रमुख भुसालको नेतृत्वमा बरेङका सडक अनुगमन ।
१२ आषाढ २०७७, बरेङ । जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख बिष्णु भुसालको नेतृत्वमा बरेङका बिभिन्न सडक सञ्जालहरुको अनुगमन गरिएको छ । बरेङ गाउँपालिका अन्र्तगत वडा नं. २ को सुदाला देखि बराह्कोट तथा सुदला काफल ठुटा खण्डको शुक्रवार अनुगमन गरिएको हो ।
दुबै सडक खण्ड १८÷१८ लाख रुपैयाँ गरि जम्मा रु.३६ लाख बराबरको स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगतका हुन । शुक्रबारनै बरेङ बजारमा बिस्तार तथा कालोपत्रे गर्न थालिएको सडकको समेत अनुगमन गरिएको छ ।
उप–प्रमुख भुसाल सहित नेकपा नेता कृष्ण पाठक , कार्यक्रम प्रतिनिधि लाल बहादुर थापा, जिल्ला समन्वय समिति सदस्य राजु के शि, जिल्ला समन्वय समितीका नासु दुर्गा शर्मा , सांसद डा.सुर्य पाठकका स्वकीय सचिव रमेश के शि, बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा , उपाध्यक्ष दिल कुमारी पुन, असिस्टेन्ट सब इन्जिनियर जुद्ध बहादुर पुन तथा बाटो निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागितामा सडक अनुगमन गरिएको थियो ।
« बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै, ३१८ जनाले पाए रोजगार «