दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकामा देखियो सलह, मकैबारीमा क्षति

१६ असार २०७७ । हुग्दिशिर । बरेङ गाउँपालिकामा सलह किरा देखिएको छ । जिल्लाको हुग्दिशिर स्थित बराहकोट सेनखर्कको मकैबारीमा सलह प्रवेश गरेका छन् ।

सोमबार साझ आकाशमा उडेको देखिएको सलह मंगलबार बारीमा देखिएको र मकैको पात, सिमीको पात खाएको स्थानीयले बताएका छन् । हावा लाग्दा त उड्ने  गर्दछ तर थाली बजाउँदा भाग्छ भन्नु हल्ला मात्र रहेछ, बोट नै हल्लाएमा मात्र भाग्ने गर्छ तर पुनः आउने गरेको स्थानीय हिमा थापाले बताउनुभयो । थापाले आगोको धुँवाले भाग्ने गरेको बताउनुभयो । त्यस्तै पालिकाको अन्य ठाउँमा पनि सलह देखिएको बताइएको छ ।

किसानहरुलाई बाढीपहिरो, हावाहुरी, असिना पानी, विभिन्न किराहरुले सताइरहँदा चिन्तित बनेका छन्  । नेपालमै उत्पादन गरेर कृषि क्षेत्रमा अब्बल बन्ने आशा निराशामा बदलिनु पर्ने अवस्था आएको छ यस बारेमा नेपाल सरकारले उचित खालको कदम चाल्नुपर्ने किसानहरुको भनाई रहेको छ ।

« बेरोजगारीको तथ्यांक संकलन गर्दै बरेङ गाउँपालिका «

» सलहले ढाक्यो सुखौरा, थाल ठटाउँदै स्थानिय । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal