सलहले ढाक्यो सुखौरा, थाल ठटाउँदै स्थानिय ।
१६ आषाढ २०७७, सुखौरा । बाग्लुङको बरेङ गाउँपालिकामा पनि सलह पसेको छ । पालिकाको वडा नं. ५ सुखौराको सम्पुर्ण भाग सलहले ढाकेको वडा अध्यक्ष अमर बहादुर शेरपुञ्जाले बताए ।
सोमबार दिउसो बरेङ गाउपालिकाका सबै ठाउँमा सलह देखिएको थियो ।
करोडैको सङख्यामा रहेको सलहको हुलले मङगलबार बिहानै देखि बारिमा लगाईएको बालि खान शुरु गरेको शेरपुञ्जाले बताए । बिषेश गरि सलहले अहिले बारीमा रहेको मकै तथा भाँगोका बोट सखाप पार्न थालेपछि कृषक चिन्तित बनेका छन् ।
बिहानै देखि वडाका सम्पुर्ण नागरिकलाई आह्वान गरेर खेत बारिमा धुवा उडाउने ,थाल ,टिन तथा ढोल बजाउने गरेपनि सलह करोडौको सङख्यामा रहेकाले नियन्त्रण गर्न नसकिएको शेरपुञ्जाले बताए ।
« बरेङ गाउँपालिकामा देखियो सलह, मकैबारीमा क्षति «
» हुग्दिशिर सुदलाका स्थानीय पुनद्धारा १४ घरपरिवालाई खाद्यान्न »







