हुग्दिशिर सुदलाका स्थानीय पुनद्धारा १४ घरपरिवालाई खाद्यान्न
१६ असार २०७७ । हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सुदला स्थित स्थानीय फटिकबहादुर पुनले मंगलबार १४ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)का कारण बिहान बेलुका छाक टार्नको लागि कठिन भैरहेका पीडित गरिब घरपरिवारलाई पुनको आफ्नै व्यक्तिगत लगानीमा आमा विष्णुकुमारी पुनद्धारा चामल, तेल, नुन जस्ता खाद्यान्न वितरण गरिएको छ ।
बरेङ गाउँपालिका भित्रका पीडित अति गरिब सबै जातजातीका घरपरिवार सुदाला स्थित आफ्नो घरमा सम्पर्कमा आएमा उक्त घरपरिवारलाई खाद्यान्न सामग्री दिइने पुनले बताए ।
आफू काठमाडौ भएपनि सबै खर्च व्यहोर्ने गरि आफ्नो आमालाई जिम्मा दिएर राहत वितरणको काम गर्न लागेको पुनको भनाई छ ।
« सलहले ढाक्यो सुखौरा, थाल ठटाउँदै स्थानिय । «
» हुग्दिशिरका गरिब घरपरिवारले पाए खाद्यान्नः स्थानीय पुनद्धारा सहयोग »







