हुग्दिशिरका गरिब घरपरिवारले पाए खाद्यान्नः स्थानीय पुनद्धारा सहयोग
१८ असार २०७७ । हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सुदला स्थित स्थानीय फटिकबहादुर पुनले बिहिबार १७ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)का कारण बिहान बेलुका छाक टार्नको लागि कठिन भैरहेका पीडित गरिब घरपरिवारलाई पुनको आफ्नै व्यक्तिगत लगानीमा आमा विष्णुकुमारी पुनद्धारा ४ घरपरिवारलाई २५ केजी चामल, आधा लिटर तेल र १ केजी नुन दिएका छन् भने १३ घरपरिवारलाई १२÷१३ केजीका दरले चामल आधा लिटर तेल र १ केजी नुन जस्ता खाद्यान्न सामग्री वितरण गरिएको छ ।
बरेङ गाउँपालिका भित्रका पीडित अति गरिब सबै जातजातीका घरपरिवार सुदाला स्थित आफ्नो घरमा सम्पर्कमा आएमा उक्त घरपरिवारलाई खाद्यान्न सामग्री दिइने पुनले बताए ।
आफू काठमाडौ भएपनि सबै खर्च व्यहोर्ने गरि आफ्नो आमालाई जिम्मा दिएर राहत वितरणको काम गर्न लागेको पुनको भनाई छ ।
यसअघि पुनले १४ घरपरिवालाई खाद्यान्न सामग्री वितरण गरिसकेका छन् । स्थानीय पुनद्धारा हालसम्म ३१ घरपरिवारलाई राहत पुगेको छ । कोरोना भाइरसका कारण दुःख पाईरहेका गरिब घरपरिवारप्रति व्यक्तिगत रुपमा समाजसेवीको काम गर्नु सह्रानीय रहेको छ ।
« हुग्दिशिर सुदलाका स्थानीय पुनद्धारा १४ घरपरिवालाई खाद्यान्न «
» बरेङको सबैभन्दा उच्च स्थानमा रहेको कौडे राजाको दरबार जाने पदमार्ग निर्माण »







