दर्ता. न‌: २४५/०६५/०६६

बरेङको सबैभन्दा उच्च स्थानमा रहेको कौडे राजाको दरबार जाने पदमार्ग निर्माण

दिपेन्द्र परियार ।२२ आषाढ २०७७ ।बरेङका पर्यटकीय स्थानमा पुर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । बरेङ गाउपालिकाको पर्यटकीय गन्तव्य सूचिमा परेको बरेङ गाउपालिका वडा न २ को सिग्दी सामुदायिक होमस्टे देखि पालिकाकै अग्लो कौडेको धुरी राजाको दरबार जोड्न पर्यटन पूर्वाधार अन्र्तरगत चालु आर्थिक बर्षको पदमार्ग निर्माणको काम सम्पन्न भएको हो ।

पालिकाकै सबैभन्दा उच्च स्थानमा रहेको कौडे राजाको दरबार जाने पदमार्ग निर्माण भएको छ । स्थानिय सरकार,प्रदेश सरकार,र डिभिजन बन कार्यलय बाग्लुङको आर्थिक सहयोगमा पालिकाको वडा न २ सिग्दी सामुदायिक होमस्टे देखि कौडे राजाको दरबार सम्म पुग्ने पदमार्ग निर्माणकोे चालु आर्थिक बर्षको कार्य सम्पन्न भएको हो। सिग्दी सामुदायिक होमस्टे देखि हाल सम्म चापा घाँटी सम्म पैदलमार्ग पुगेको सिग्दी सामुदायिक होम स्टेका अध्यक्ष हिरा बहादुर पुनले बताउनुभयो । सिग्दी देखि झुसेपोखरी सम्म ३६ सय सिडी गत बर्षनै निर्माण भईसकेको जानकारी दिदै पुनले चालु आर्थिक बर्षमा चापा घाँटि सम्म थप १३ सय ८० सिडी निर्माण गरिएको बताउनु भयो ।

गण्डकी प्रदेश सरकारको १० लाख बरेङ गाउपालिकाको ५ लाख र डिभिजन बन कार्यलय बाग्लुङको ५ लाख गरि कुल २० लाख लागतमा ४ सय ६० मिटर पदमार्ग निर्माणको काम सम्पन्न भएको हो  । बन्दाबन्दीको समय सदुपयोग गर्दै पदमार्ग निर्माण गरेको होमस्टे का अध्यक्ष पुन ले बताए  । 

वाग्लुङको बरेङगाउँपालिका, गुल्मीको काली गण्डकी गाउपालिका र गुल्मीकै चन्द्रकोट गाउपालिकाको सँगम स्थलमा रहेको २ हजार ६ सय मिटर अग्लो कौडेको धुरी जाने यो पदमार्ग बरेङ गाउपालिकाकै सबैभन्दा उच्च स्थानमा जाने पदमार्ग पनि हो । 

पदमार्ग निर्माणसँगै गाउँपालिकालाई पहिलो पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्ने योजना अनुरुप पहिलो चरणमा पदमार्ग निर्माणको काम गरिएको बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । ऐतिहासिक महत्व बोकेको कौडेधुरि राजाको दरबार क्षेत्रमा पालिकाले आबस्यक पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउन आयोजनाको गत बर्ष डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरेर कार्य अगाडी बढाएको थियो ।

आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउनको लागि महत्वपूर्ण स्थल को रुपमा रहेको यो स्थानमा पर्यटकका लागी आबस्यक थप कार्यहरु गर्न बाकी रहेको भन्दै त्यसकालागी पालिकाले बिस्तारै बजेटको ब्यबस्थापन गर्दै जाने शर्माले बताउनु भयो । छ । कौडेको धुरीमा नेपालको बाईसे चौबिसे राज्यको पालामा भुडे राजाको दरबारका भग्नाबशेष हरु ,पुरातात्विक शिलालेख अझै पनि यो ठाँउमा रहेको छ । 

त्यती मात्रै होईन कौडेको धुरि बाट नेपालका झण्डै २० देखि २२ जिल्लाहरुका भन्ज्याङ र खोँच हरुको पनि अबलोकन गर्न सकिन्छ । ऐतिहासिक पुरातात्वीक महत्वले भरिपुर्ण कौडेघुरी मा बिभिन्न प्रजातिका दुर्लभ जडिबुटि पनि पाईने गरेको छ ।त्यस्ता दुर्लभ जडिबुटिको चोरिनिकासी रोक्न सिग्दी सामुदायिक होम्स्टेले जडिबुटि संरक्षण का लागी बिशेष पहल गर्दै आएको छ । सिग्दी सामुदायिक होमस्टे देखि कौडे राजाको दरबार पदमार्ग पुग्न अझै १ किलोमिटर पदमार्ग निर्माण गर्न बाँकि रहेको सिग्दी सामुदायिक होमस्टेका अध्यक्ष हिरा बहादुर पुनले बताउनु भयो ।

पदमार्ग निर्माणका लागी आर्थिक बर्ष ७७ ÷७८ मा गण्डकी प्रदेश सरकार ले ५ लाख तथा बरेङ गाउपालिकाले ५ लाख गरि कुल १० लाख बजेट बिनियोजन गरेको छ । 

« हुग्दिशिरका गरिब घरपरिवारले पाए खाद्यान्नः स्थानीय पुनद्धारा सहयोग «

» धुल्लुबास्कोटको मकै पकेट क्षेत्रका कृषकलाई बिभिन्न सामाग्री ः चलाउने कसरी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal