धुल्लुबास्कोटको मकै पकेट क्षेत्रका कृषकलाई बिभिन्न सामाग्री ः चलाउने कसरी
दिपेन्द्र परियार २ साउन २०७७।बरेङ गाउपालिका वडा न १ धुल्लु बास्कोटका कृषकलाई बिभिन्न सामाग्री प्रदान गरिएको छ ।
प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्रका लागी कृषी ज्ञानकेन्द्र पर्बत मार्फत ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो २९ थान, कुटानी पिसानी कम्वाईन मिल ७ थान, बिद्युतिय मकै छोडाउने (कर्न सेलर) मेसिन ३ थान , हाते कर्न सेलर मेसिन ५ थान र ८५ प्रतिशत अनुदानमा मकै सुकाउने त्रिपाल २०० थान प्रदान गरिएको बरेङ गाउपालिका वडा न १ का सदस्य छत्र बहादुर थापाले बताए ।
सामाग्री प्राप्त गरेपछि कृषकहरु आधुनिक प्रबिधी सँग जोडिन पाउदा खुसी भएका छन । यस्ता मेसिनहरु बितरण गर्दा सम्बन्धित निकायले मेसिन चलाउन सिकाउने प्राबिधिकपनि पठाउनु पर्ने कृषकको बुझाई छ । मेसिन प्राप्त गरेपनि चलाउनका लागी प्राबिधिक ज्ञान नहुदा कतिपय कृषक अन्ंयौलमा परेका छन ।
« बरेङको सबैभन्दा उच्च स्थानमा रहेको कौडे राजाको दरबार जाने पदमार्ग निर्माण «
» बरेङ गा.पा ले शिक्षक दरबन्दी मिलान र दरबन्दी सिर्जनाको काम गर्दै, »







