दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गा.पा ले शिक्षक दरबन्दी मिलान र दरबन्दी सिर्जनाको काम गर्दै,

हुग्दिशिर । २०७७ साउन ४ । बागलुङको बरेङ गाउँपालिका गाउँ शिक्षा समितिको बैठक शिक्षा सम्बन्धी विभिन्न निर्णयहरु गर्दै टुङ्गिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा आईतबार बसेको बैठकले शिक्षक दरबन्दी मिलानको कार्यलार्य अन्तिम रुप दिएको छ । गाउँ शिक्षा समितिले पालिकाको शिक्षा शाखालाई आवश्यक दरबन्दी सिर्जना गर्न, विद्यालयको समायोजन गर्न, शाखा विद्यालयको अवधारणा तय गर्न, विद्यालयको तह घटाउन र स्थानीय पाठ्यक्रम तय गर्ने कार्यलाई अगाडि बढाएर गाउँ शिक्षा समिति समक्ष प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको पालिकाका सामाजिक विकास समितिका संयोजक नरबहादुर विक ले बताउनुभयो ।

कोरोना भाइरसका कारण पालिकाका प्राय सबै विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको थियो र अहिले क्वारेन्टाइन बस्नेको संख्या घटेको साथै बाहिरबाट आउनेको संख्या पनि न्यून भएकोले  क्रमशः विद्यालयमा रहेका क्वारेन्टाइन हटाउन र क्वारेन्टाइनको वैकल्पिक स्थान खोज्न पालिकाको उच्च स्तरीय कोरोना नियन्त्रण तथा रोकथाम समितिलाई अनुरोध गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । 

बैठकले यही साउन ११ गतेसम्म पालिका भित्रका सबै विद्यालयका शिक्षकहरुलाई आ–आफ्नो कार्यालयमा अनिवार्य हाजिर हुनको लागि निर्देशन गर्ने निर्णय गरेको पालिकाले बताएको छ ।

« धुल्लुबास्कोटको मकै पकेट क्षेत्रका कृषकलाई बिभिन्न सामाग्री ः चलाउने कसरी «

» कालिगण्डकी गाउपालिका धुवा खोलामा स्थानिय कल्बको सकृयतामा पदमार्ग निर्माण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal