दर्ता. न‌: २४५/०६५/०६६

कालिगण्डकी गाउपालिका धुवा खोलामा स्थानिय कल्बको सकृयतामा पदमार्ग निर्माण

दिपेन्द्र परियार बरेङ।५साउन०७७। गुल्मीको कालिगण्डकी गाउपालिका ७ धुवा खोलामा स्थानिय कल्बको सकृयतामा पदमार्ग निर्माण गरिएको छ ।

तमु युवा कल्ब धुवाखोलाको २ लाख र स्थानिय जनश्रमदान १ लाख गरेर कुल ३ लाखको लागतमा झण्डै २ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको कल्बका सचिब आसिस गुरुङले बताए ।

गोरेटो बाटो निर्माण पछि स्थानियलाई आवत जाबतमा सहज भएको जानकारी दिदै गुरुङले अब गुल्मी तर्फ बाट पनि धुवाखोला होमस्टे देखि गुल्मी हिलेको सत्यवति मन्दिर हुदै बाग्लुङको बरेङ गाउपालिका र गुल्मीको कालिगण्डकी गाउपालिकाकै सबैभन्दा उचाईमा रहेको ऐतिहासिक पर्यटकिय स्थल कौडेको धुरी राजाको दरबार जाने पदमार्ग निर्माण को सुरुवात गरिएको बताएका छन ।आगामी बर्षमा गोरेटो बाटो थप बिस्तार गर्दै लगीने उनले जानकारी दिए ।

ऐतिहासिक पर्यटकिय स्थल कौडे राजाको दरबार पुग्न बाग्लुङ तर्फ बाट बरेङको सिग्दी सामुदायिक होम स्टे देखि आधा भन्दा बढि पदमार्ग निर्माण भै सकेको छ ।

« बरेङ गा.पा ले शिक्षक दरबन्दी मिलान र दरबन्दी सिर्जनाको काम गर्दै, «

» बरेङमा वार्षिक समीक्षा कार्यक्रम, शाखागत र वडागत कार्यक्रमको सार्वजनिकरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal