दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा वार्षिक समीक्षा कार्यक्रम, शाखागत र वडागत कार्यक्रमको सार्वजनिकरण

हुग्दिशिर । २०७७ साउन ५ । बरेङ गाउँपालिका बागलुङको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रमको व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै पालिका उपाध्यक्ष दिलकुमारी पुनले ०७६÷०७७ मा अप्ठयाराका बाबजुद काम सम्पन्न गरेकोमा प्रशासनिक तथा शाखागत प्रमुखहरु, वडाका जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष पुनले कुनै काममा अवरोध नगरी राम्रोलाई राम्रो नराम्रोलाई भन्ने बानी गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा पालिकाका ११ वटा शाखाका शाखा प्रमुखहरुले आ–आफ्नो शाखाबाट भएका गतिविधिको प्रस्तुतिकरण गरेका थिए । राजस्व शाखाबाट मोहन घर्ती क्षेत्री, स्वास्थ्य शाखाबाट पदमबहादुर पुन, शिक्षा शाखाबाट सुर्यप्रसाद शर्मा, प्राविधिक शाखाबाट कृष्णबहादुर थापा, महिला, बालबालिका तथा न्यायिक समितिबाट मेखबहादुर भुजेल, सूचना प्रविधि शाखाबाट राजन कार्की, सामाजिक सुरक्षा तथा खरिद शाखाबाट राजन चालिसे, पशु सेवा शाखाबाट नारायण पौडेल, रोजगार शाखाबाट केशबराज क्षेत्री, कृषि शाखाबाट सुचना खत्री, आर्थिक प्रशासन शाखाबाट गोकुल शर्माले गत आ.व मा सम्पन्न भएका कार्यक्रम र सम्पन्न नभएका कार्यक्रमको जानकारीका साथै आगामी वर्ष ०७७÷०७८ मा हुने कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने पालिका स्तरीय योजना र वडाका वडा अध्यक्षहरुले वडाभित्र सम्पन्न भएका, आगामी वर्षमा हुने योजना तथा कार्यक्रमको प्रस्तुतिकरण गरेका थिए ।

त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले विधि र प्रक्रियाबाट जनताले देख्ने, भोग्ने, महसुस गर्ने, खोज्दा भेट्ने खालको काम गर्नुपर्ने स्थानीय तहको चुनौती रहेकोले हरेक दिन एक कदम अघि बढ्ने, हरेक दिन उत्सवको रुपमा लिएर सर्प घ्रसाई भन्दा भ्यागुता उफ्राईको गतिमा लाग्नुपर्ने बताउनुभयो । समीक्षा कार्यक्रममा अधिकृत थापाले समयमा काम गर्ने समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका अध्यक्ष हिराबहादुर थापाले विकासका काममा हिडेर भन्दा दगुरेर काम गर्ने बानी बसाल्नुपर्ने र कार्यपालिकामा भएका गोप्य निर्णय बाहिरिएकोले त्यस्ता गतिविधि नगर्न जनप्रतिनिधिलाई सुझाव दिनुभएको थियो भने नेपाली कंग्रेस बरेङ गाउँपालिका अध्यक्ष तुल्सीराम पौडेलले इमान्दारीता जवाफदेहिता, स्वच्छता भएमा काम पारदर्शी हुने, इमानी तरिकाले काम गर्दै जनप्रतिनिधिले स्थानीय समाजसेवी र बुद्धिजिविको सल्लाह लिनुपर्ने सुझाव दिनुभएको थियो ।

त्यस्तै नेकपा बरेङ गाउँपालिका प्रतिनिधि प्रेमप्रसाद शर्माले नियमनकारी निकायको चासो हुनुपर्ने, समन्वय गर्नुपर्ने, राजनीतिक दलका प्रतिनिधिसंग छलफल गर्नुपर्ने, जनताले विस्तृतमा थाहा पाउने गरि योजनाको अथवा गरेका कामको जानकारी गराउनुपर्ने सुझाव दिनुभएको थियो ।

समीक्षामा सामाजिक विकास समितिका संयोजक नरबहादुर वि.क ले गत आर्थिक वर्ष ०७६÷०७७ मा भएका गतिविधिको सार्वजनिकरण र ०७७÷०७८ मा कार्यान्वयन हुने योजना तथा कार्यक्रम जनतासामू पु¥याउने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो । उहाँले राम्रा कामको मात्र सन्देश नदिएर नराम्रा काम भएमा त्यसलाई पनि बाहिर ल्याएर सुझाव सल्लाह दिई आगामी वर्षको कार्यक्रम सहज बनाउन आग्रह गर्नुभएको थियो ।

पालिका उपाध्यक्ष दिलकुमारी पुनको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक नरबहादुर वि.क को स्वागत र खरिदार मिलन श्रीस रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

« कालिगण्डकी गाउपालिका धुवा खोलामा स्थानिय कल्बको सकृयतामा पदमार्ग निर्माण «

» बिद्यार्थिको प्रतिभा खोज्दै बरेङ गाउपालिका,जिल्लामै नौलो प्रयास »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal