बिद्यार्थिको प्रतिभा खोज्दै बरेङ गाउपालिका,जिल्लामै नौलो प्रयास
दिपेन्द्र परियार ७ साउन ०७७।बरेङ गाउपालिका र सामुदायिक रेडियो बिहानी को सहकार्यमा बरेङ का बिद्यार्थीहरुलाई लक्षित गरि बिषयगत हाजिरि जवाफ रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोरोना माहामारीको तिब्र सकसका माझ पालिका भित्रका कक्षा १ देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुको सिकाई लाई निरन्तरता दिदै उनिहरुको प्रतिभा पहिचान गर्न र पढ्ने बानिको बिकास गराउन बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ यस अघि पालिकाले कोरोना माहामारीकै सन्दर्भमा बिभिन्न टोलटोलमा शिक्षक परिचालन गरि घर दैलो कार्यक्रम,पाठ्य पुस्तक बितरण तथा हाल पनि पालिकाभित्रका सम्पुर्ण शिक्षकलाई परिचालन गरि टोल टोलमा पुगेर बालबालिकाहरुलाई अध्यन अध्यापन गराईरहेका छन । पालिकाले गरेका बिभिन्न प्रयासहरु मध्ये अहिलेको रेडियो कार्यक्रम जिल्लामै नोलो प्रयास स्वरुप शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको गाउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रमेस थापाले बताउनुभयो ।
कार्यक्रम हरेक हप्ताको सनिबार बिहान ९ १५ देखि १० बजे सम्म प्रसारण हुने रेडियो बिहानीका संयोजक लेखान्त पुनले जानकारी दिनुभयो ।
कार्यक्रममा बरेङ गाउपालिका भित्रका बिद्यालयमा अध्यनरत बिद्यार्थिलाई मात्र सहभागी हुन पाउने छन भने सहभागी मध्ये सबैभन्दा बढि अङक ल्याएर उत्कृट हुने बिद्यार्थिलाई पुरस्कारको समेत ब्यबस्था गरिएको छ ।
« बरेङमा वार्षिक समीक्षा कार्यक्रम, शाखागत र वडागत कार्यक्रमको सार्वजनिकरण «
» वर्षाका कारण बरेङ गाउँपालिका वडा नम्बर २ मा १ घर परिवार बिस्थापित मन्दिर बगायोःअन्य घर जोखिममा »







