वर्षाका कारण बरेङ गाउँपालिका वडा नम्बर २ मा १ घर परिवार बिस्थापित मन्दिर बगायोःअन्य घर जोखिममा
दिपेन्द्र परियार ८।साउन०७७। लगातार परेको वर्षाका कारण बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरमा १ घर परिवार बिस्थापित भएका छन भने अन्य केहि घर जोखिममा परेका छन ।
हुग्दिसिरको बहाहकोट पखेरामा रिमा बिकको घरको पिडी बाट र घर भन्दा माथिबाट पहिरो गएपछि बिकको घरपरिवार बिस्थापित भएका हुन । सोही पहिरोले पखेराकै राम बहादुर बिकको ट्वाईलेट पनि बगाएको वडा अध्यक्ष गुप्त प्रसाद काला थापाले बताए ।
त्यस्तै वडाको भेडिखोरमा भीषण पहिरो गएको छ ।
पहिरोले स्थानिय टिकाराम शर्माको घर उच्च जोखिममा परेको छ भने भुवानन्द शमाको घर जोखिममा परेको छ । त्यस्तै पहिरोका कारण पौडेल समाजले पुज्दै आएको कुल मन्दिर बगाउनुका साथै खानेपानीको पाईप बगाइदिएपछि स्थानीय १३ घरपरिवारलाई खानेपानीको समस्या परेको छ । साथै खेतीयोग्य जमिन मासिएको स्थानीयले बताएका छन् ।
करिब सय मिटर माथिबाट पहिरो गएको पानी परिराखेकाले अझ बढी जोखिम बढेको छ । हिडडुल गर्नको लागि बाटो अवरुद्ध भएको र हालसम्म घरगोठ साथै मानवीय क्षति नभएको खवर प्राप्त भएको छ । स्थानीय निकायमा खबर गरेपछि पहिरो अवलोकन र क्षतिको विवरण संकलन र जोखिम नियन्त्रणका लागि पहिरो गएको स्थानमा टोली पुगेसकेको छ ।
« बिद्यार्थिको प्रतिभा खोज्दै बरेङ गाउपालिका,जिल्लामै नौलो प्रयास «
» धुवाँखोला हामेस्टे एक पटकमा सय पाहुना राख्न तयारः स्थानीय व्यवसाय तर्फ उन्मुख »







