दर्ता. न‌: २४५/०६५/०६६

धुवाँखोला हामेस्टे एक पटकमा सय पाहुना राख्न तयारः स्थानीय व्यवसाय तर्फ उन्मुख

प्रेम पुन, गुल्मी । ९ साउन २०७७ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ स्थित धुवाँखोला सामुदायिक होमस्टेले एक पटकमा एक सय पाहुना राख्न सक्ने गरि क्षमता विस्तार गरेको छ ।

ग्रामिण पर्यटन गाउँ धुवाँखोला होमस्टेको आधार, भाषा भेषभुषा कला संस्कृति र स्थानीय परिकार हाम्रो पूर्वाधार भन्ने नाराका साथ यसअघि हामस्टेले स्थानिय ५ घरमा २० जना बस्न सक्नेगरि व्यवस्था मिलाएकोमा हालैमात्र एक पटकमा एक सय पाहुना राख्न सक्ने गरि क्षमता विस्तार गरेको बताएको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा कालिगण्डकी गाउँपालिकाकोे १० लाख अनुदान, जनश्रमदान ५ लाख र अन्य श्रोतबाट ५ लाख गरि कुल २० लाखको लागतमा सामुदायिक होमस्टे भवन निर्माण कार्य सम्पन्न गर्न लागे सँगै पाहुना राख्ने क्षमता बढाएको सञ्चालक समितिका सचिव आशिष गुरुङले बताए ।  

गत चैत्र महिनामा कार्य सम्पन्न गर्ने लक्ष्य लिए पनि लकडाउन र नियमित वर्षादका कारण समयमै काम सम्पन्न गर्न ढिलाई भएको थियो तर अहिले अप्ठ्यारोका बाबजुद समेत ९५ प्रतिशत काम सकिएको छ ”सचिव गुरुङले” भने ।

 

धुवाँखोला होमस्टेमा पुग्ने पर्यटकहरु गुरुङ समुदायमा प्रचलित सोरठी,सालैजो ,घाटु, टिपिकल, स्यामुना नृत्यका साथै परम्परागत रोधी बस्ने चलनको अवलोकन गर्दै रमाउने गरेका छन । त्यतीमात्र नभई होमस्टेमा हिले सत्यवति मन्दिर, कालिलेक शिद्धबाबा मन्दिर, विभिन्न हिमशृङखला,परम्परागत पोखरी चौतारी पाटी पौवा साथै स्थानिय अन्य मठ मन्दिरहरुको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेको बताइएको छ ।

त्यस्तै होमस्टेमा आउने पर्यटकका लागि स्थानीय परिकारहरु, बाँकोको गुन्द्रुक, लोकल कुखुराको मासु, कोदो तथा फापरको ढीडो, भट्टको अचार लगाएत गुरुङ समुदायमा प्रयोग गरिने परम्परागत खानाका विभिन्न परिकारहरु खानामा समावेश गरिने गरिएको छ । २०७५ साल बाट होमस्टे सञ्चालनमा आएपछि स्थानिय समुदायले समेत आर्थिकोपार्जन गर्न पाईरहेका छन् । हाल धुवाँखोलामा स्थानिय हरुले लोकल कुखुरा पालन, फलफुल खेती ,स्थानिय तरकारी ब्यबसाय, वनमा पाईने बाँको खोज्ने टिमुर लगाएत कोदो खेती गरेका छन् ।  होमस्टेमा हालसम्म झण्डै ७ सय पर्यटक हरु भित्रिएका छन् ।

« वर्षाका कारण बरेङ गाउँपालिका वडा नम्बर २ मा १ घर परिवार बिस्थापित मन्दिर बगायोःअन्य घर जोखिममा «

» धुल्लु बास्कोटमा भिरबाट लडेर १ जना घाईते »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal