दर्ता. न‌: २४५/०६५/०६६

बरेङका सरकारी कर्मचारीहरुले छोराछोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर्न सुरु गरे

दिपेन्द्र परियार बरेङ १०साउन ०७७।कोरोना महामारीमा जनतालाई सरकारको आभास दिलाएको बाग्लुङको बरेङ गाउँपालिका एकपछि अर्को ‘बोल्ड’ निर्णय कार्यान्वयनमा अगाडी बढेको छ । आर्थिक वर्ष २०७७÷०७८ को नीति कार्यक्रममा सामुदायिक विद्यालय सुधार्ने र सरकारी कोषबाट सेवा सुविधा लिने सबैको छोरोछारी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने योजना अगाडी सारेको गाउँपालिकाले आर्थिक वर्ष सुरु भएसंगै कार्यान्वयनको प्रक्रिया थालेको छ ।

गाँउ सभाले गरेको निर्णय कार्यान्वयन गर्नु आफुहरुको दायित्व भएको भन्दै आफ्नो बिद्यालय सेवा क्षेत्र भित्रका निजी तथा संस्थागत बिद्यालयमा अध्यन गर्ने पदाधिकारीका छोराछोरीहरुको तत्थ्याङक संकलनगरि वडा कार्यालयमा पेश गर्न वडा कार्यलयले एकमुष्ट तत्थ्याङक संकलनगरि पालिकामा पठाउन अनुरोध गर्दै पत्राचार गरे सँगै गाँउपालिका भित्रका सरकारी कर्मचारीहरुले नानि बाबुहरुलाई सामुदायिक बिद्यालयमा भर्नागर्न सुरु गरेका छन ।

पालिकाको वडा न ३ बाटकाचौरकी कार्यबहाक बडा अध्यक्ष दुर्गा कार्की थापा क्षेत्रीले आफ्ना छोरा छोरी लाई सामुदायिक बिद्यालयमा भर्ना गर्नु भएको छ ।त्यस्तै सर्बोदय माबिका शिक्षक ओम बहादुर पुन ले छोरी लाई बिद्यालयमा भर्ना गर्नुभएको बरेङ गाउपालिका शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले बताए । बरेङ गाँउसभाले गरेको यो निर्णयलाई नागरिकहरुले स्वागत योग्य कार्यको रुपमा लिएका छन ।

« धुल्लु बास्कोटमा भिरबाट लडेर १ जना घाईते «

» नेपाल रेडक्रस सोसाईटी बाटाकाचौर उपसाखाका बिभिन्न निर्णयः भबननिर्माणका लागी पालिकाको ३ लाख अनुदान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal