दर्ता. न‌: २४५/०६५/०६६

नेपाल रेडक्रस सोसाईटी बाटाकाचौर उपसाखाका बिभिन्न निर्णयः भबननिर्माणका लागी पालिकाको ३ लाख अनुदान

दिपेन्द्र परियार।बरेङ।११ साउन ०७७।नेपाल रेडक्रस सोसाईटी बरेङ गाउपालिका ३ बाटाकाचौर उपसाखाले बिभिन्न निर्णय गर्दै सनिबार बैठक सम्पन्न गरेको छ ।

बैठकमा उपसाखाको कार्यक्षेत्रमा हुने बिपद ब्यबस्थापनकोलागी आफ्नै स्रोतमा त्रिपालहरुको ब्यबस्थापन गर्नुका साथै स्थानिय तह र जिल्ला साखामा समन्वय गरि थप स्रोत साधन जुटाउने, आर्थिक वर्ष ०७७÷७८मा भवन निर्माण गर्नका लागी घडेरीको ब्यबस्थापन गर्ने ,बिपदमा एकता गर्नका लागी कार्य समितीले आ आफ्नो क्षेत्रमा प्रतिनिधित्व गर्ने ,जस्ता निर्णय हरु गरेको नेपाल रेडक्रस सोसाईटी बरेङ गाउपालिका ३ बाटाकाचौर उपसाखा सभापति मदन बहादुर कार्किले जानकारी दिनुभयो ।

आफ्नो भबन निर्माण नहुन्जेल सम्मका लागी अस्थाई कार्यलय ब्यबस्थापन गर्नेगरि कार्य समितीमा कार्य बिभाजन समेत गरिएको छ ।

बैठकमा कार्कीले आर्थिक बर्ष ०७७÷७८मा नेपाल रेडक्रस सोसाईटि उप साखाको भबन निर्माण को लागी बरेङ गाउपालिकाले रु ३ लाख रुपैया बिनीयोजन गरेकामा धन्यबाद ज्ञापन गर्दै बिपदको समयमा जहाँ दुख्ख त्यहाँ रेडक्रस भन्ने नारालाई आत्मसाथ गर्दै कार्य समिती र आजिबन सदस्यहरुलाई मानबिय सेवामा लाग्न अनुरोध गर्नु भएको छ ।

उपसाखा सभापति मदन बहादुर कार्कीको सभापतित्वमा बैठक सम्पन्न भएको हो ।

« बरेङका सरकारी कर्मचारीहरुले छोराछोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर्न सुरु गरे «

» चन्द्रकोट गाँउपालिका वडा न ४ रुपाकोट खसिमारे मा सोमबार राति पहिरोले ट्रक बगायो ः ५लाख बराबरको सामान नष्ट »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal