केशबलाई यसरी पो मन परेछ !
मुक्तक
केशब राज क्षेत्री
१. आफ्नै ठानी दिन्छौ तन मन र त मनपर्छ
भन्छौ रिसाएर कैले केही नभन र त मनपर्छ
टाढा भएको महसुस नै हुँदैन आजकल,
बोल्दा हासी खुसी भै झन र त मनपर्छ
२. डरलाग्दो पैदा भो स्थिति, म खराब की मेरो देश
नभएको भित्रियो सस्कृति, म खराब की मेरो देश
बल्झाउने अल्झाउने समस्या भो शोषक बनेर
समाजमा जहिले विकृति विसङगती, म खराब की मेरो देश
३. भुल्ने छैन तिमिलाई कदापि सास रहुन्जेल
तिमिमा मेरो निरन्तर विश्वास रहुन्जेल
आश गर्नु अटुट् माया फिर्ता नमाग्नु
मानव बस्ने धर्ती यो आकाश रहुन्जेल
४. लुट्नु लुट्यौ लुट्ने क्रम जारी राख्यौँ
सुन्यौं नभएको त्यस्तै भ्रम जारी राख्यौँ
भगवान् नसम्झ, शिर ठाडो पार्ने ठाँउ छैन तिम्रो
दुष्टलाई सहयोग गर्ने परिश्रम जारी राख्यौँ ।