समवेदना हराएका मानवहरु
जिबन सागर१३ साउन।०७७।
अचेल मलाई,
समाजिक संजाल हेर्नै मन लाग्दैन
किन कि त्यहाँ
समवेदना हराएका मानवहरु भेटिन्छन ।
आफ्नै बाबुआमाको लास,
चितामाथि जल्दै गरेको तस्विरमा सेल्फी खिचिन्छ ।
चितामाथि जलेका,
आफन्तले समवेदनाको साटो
भावना व्यक्त गर्दछन ।
भावना र समवेदना
फरक हुन भन्ने बुझेका हुन कि ?
अबुझ बनेका, अचेल मलाई,
समाजिक संजाल हेर्नै मन लाग्दैन
किन कि त्यहाँ समवेदना हराएका मानवहरु भेटिन्छन ।
रोग, भोक, र मितिले वितेका
आफ्न्तको के दोष
सामाजिक संजालका पानामा छापिनुपर्ने ।
बाढि, पहिरो, रोगले जल्नुपरेका आफन्त,
आफन्तकै कारण समवेदना गुमाउनु परेको छ ।
दुर्घटनामा घाइते आफन्त आफन्तकै कारण
पिडामा पिडा थप्न बाध्य हुनुपरेको छ ।
उद्धार, राहात र सहयोगको साटोमा
सामाजिक संजालमा भावना व्यक्त गरिन्छ ।
फोटो पोष्ट्याइन्छ ।
जन्म, विवाह, मनोञ्जन, समारोहमा
दर्शाएका तस्विर र मृत्यु संस्करणमा भएका
संस्कृति विचको दुरी फरक छ भन्ने ज्ञान नभएका मानवहरु भेटिन्छन ।
सामाजिक संजालमा अचेल
समवेदना हराएका मानवहरु भेटिन्टछन ,
त्यसैले अचेल मलाई सामाजिक संजाल हेर्नै मन लाग्दैन ।







