बरेङ सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि
दिपेन्द्र परियार बरेङ।१३ साउन ०७७। बरेङ गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बरेङ गाउपालिकाको वडा न ४ सल्यानका भारतिय सेनामा कार्यरत ३३ बर्षिय जवानमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको बरेङ गाउपालिकाका स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले बताए ।
संक्रमण पुष्टि भएका पुरुष भारत बाट आए देखि आफ्नै गोठमा क्वारेन्टाईन बनाएर बस्दै आएका थिए ।उनी सहित ७ जनाको साउन ७ गते स्वाब संकलन गरि पोखरा पठाईकोमा मंगलबार रिर्पोट पोजेटिभ आएको पुन ले बताए बाँकीको रिर्पोट आउन बाँकी छ ।
संक्रमीत लाई लक्षण नदेखिन्जेल उनिबसीरहेको गोठमा नै होम आइसोलेसन बनाएर राखीने गाँउपालिकाका अध्यक्ष कृष्न प्रसाद शर्माले बताए । निरन्तरको झरीले ठाँउ ठाँउमा पहिरो झरेका कारण बरेङ गाँउपालिका देखि सदरमुकाम जोड्ने सबै सडकहरु अबरुद्ध भएका छन ।







