बरेङ गाँउपालिका बाटाकाचौरका किसान बाँदर र भालुबाट हैरान
दिपेन्द्र परियार।बरेङ।१६साउन।०७७। बरेङगाँउपालिका वडा न ३ बाटाकाचौरका किसानलाई जङगली जनाबरले हैरान पार्न थालेका छन ।
बाटाकाचौरको चाँद बस्तीका किसानले लगाएको मकैबालीमा बिगत १ हप्ता देखि दिउँसोमा बाँदर र रातिमा भालुले क्षति पु¥याएर हैरान पारेको त्यहाँ बाट स्थानिय होमबहादुर कार्किले बताए ।
कार्कीका अनुसार दिनमा आउने बाँदरलाई सबै गाँउले मिलेर लखेटे पनि रातिको समयमा भालु आएर मकै खाने गरेको छ ।स्थानियले राती थाल,टिन,ढोल बजाएर भालु लखेटेपनि आफहरु सुत्न गएको बेला पुन भालु आएर मकै खाने गरेकाकारण हैरानी भएको कार्कीले बताए ।
रातिको समयमा भालुको बिगबिगी बढेपछि एक्लै दुब्लै हिड्न समेत जोखिम बढेको कार्कीको भनाई छ । कार्कीका अनुसार बर्षभरि खाने खेतिमा जंगली जनाबरले नष्ट गर्न थालेपछि किसानहरु समस्यामा परेका छन ।समयमानै सम्बन्धीत निकाएलाई उचित ब्यबस्थापन गरिदिन स्थानिय हरुले आग्रह गरेका छन ।
« गुल्मीको चन्द्रकोट गाँउपालिकाका मुख्य सडकवहरु संचालन «
» गुल्मीको रुरुक्षेत्र बम्घामा पहिरो ः एकै परिवारका ४ जनाको निधन »







